शिवसताक्षीमा बजेट पुर्नविचार गर्न कांग्रेसको माग

0
69

झिलझिले ।

नेपाली कांग्रेस शिवसताक्षीले सोमबार नगर प्रमुख मेघाहाङ थोप्रालाई ध्यानाकर्षण पत्र बुझाउदै आगामी आर्थिक वर्ष २०८०/  ०ं८१ को लागि प्रस्तुत हुन लागेको बजेट पुर्नविचार गर्न माग गरेको छ ।

‘नगरबासीलाई सुशासनकोप्रत्याभूति दिन नगरप्रमुख ज्यूको सकारात्मक पहल कदमी हुने कुरामा नेपाली कांग्रेस विश्वस्त छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ । नगर प्रमुख थोप्राको कार्यकक्षमा पुगेर नगर सभापति अशोक बस्नेत नेतृत्वको प्रतिनिधि मण्डलले १८ बुँदाको ध्यानाकर्षण पत्र बुझाएको थियो ।

आगामी आर्थिक वर्ष ०८०/०८१ को योजना तथा कार्यक्रम छनौट गर्दा नगर प्रमुखले एकलौटी ढंगले नगरको बजेट केन्द्रिकृत गरेकोे आरोपमा नेपाली कांग्रेस पहिलो पटक नगर प्रमुखको कार्यकक्षमा पुगेको हो ।

स्थानीय आवश्यक्ताहरु लाई प्राथमिकताका आधारमा छनौट गरी जनताका समस्याहरुलाई सम्बोधनगर्न सबै वडा तथा टोलहरुमा न्यायोचित र समानुपातिक ढंगबाट बजेट विनियोजन गर्न नेपाली कांग्रेसले ध्यानकर्षण पत्र मार्फत माग गरको छ ।

‘एमालेबाट निर्वाचित जनप्रतिनिधिको बहुमतको आडमा ल्याउन लागिएको बजेटले यस नगरपालिकालाई सम्मृद्ध बनाउन नसक्ने कांग्रसको ठहर छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट शिवसताक्षी नगरमा निरङकुस तरिकाले ल्याउन लागिएको पनि नेपाली कांग्रेसले ध्यानाकर्षण पत्र मार्फत आरोप लगाएको छ ।

‘नेपाली कांग्रेसजहिले पनि अधिकारको विकेन्द्रिकरणमा विश्वास राख्र्दछ । तर, शिवसताक्षी नगरपालिकाको आगामी आ.व.२०८०/०८१ को विनियोजित बजेटले वडाहरुको अधिकार कटौती गरी नगर प्रमुख तर्फ केन्दिकृत भएको पाईयो ।केन्द्रिकृत बजेटले जन सरोकारका मुख्य मुख्य क्षेत्रलाई बेवस्ता गरेको पार्टीको ठहर छ,’ ध्यानकर्षण पत्रमा भनिएको छ ।

कतिपय बजेटका शीर्षकहरु स्वार्थ समूहमा केन्द्रित र व्यक्ति केन्द्रित समेत भएको नेपाली कांग्रेसले गम्भिर आरोप लगाएको छ ।शिवसताक्षी नगरपालिकाको नगर बोर्डले पारित गरेको ०८०÷०८१ को बजेट नगरकोविकासमा योगदान पु¥याउन नसक्ने ठहर गरी उक्त बजेटलाई लोकतान्त्रिक न्यायोचित र विकेन्द्रित वितरणप्रणालीको रुपमा सुद्धिकरण गर्न र सच्याउन नेपाली कांग्रेसले नगर प्रमुख संग माग गरेको छ । नगरको बोर्ड बैठकले गएको असार ३२ गते बहुमतले बजेट पास गरेको थियो ।

नगरका ११ वडाहरु मध्ये पाँच जना वडाध्यक्षले विनियोजन बजेट प्रतिअसहमति जनाउँदा जनाउँदै बहुमत बाट पारित गरिएको प्रक्रिया प्रति नेपाली काग्रेसले असन्तोष जनाएको छ । वडा नम्बर ३ का भास्कर न्यौपाने, ६ का मनोज खुलाल, ७ का भवानी चेम्जोङ, ८ का सन्तकुमार फेउदिन र ९ का डिल्ली फेम्बोले बजेट माथि फरक मत राखेका थिए ।

चालु आर्थिक वर्षको ७५ लाख वडा सिलिङ बजेटलाई खुम्च्याएर ६० लाख मात्र वितरण गर्नु न्याय सम्मत नभएको कांग्रेसको गुनासो छ । तर, २० लाख वडा विशेष बजेटमा विनियोजन वोडले गरेको छ । यो अंकलाई वृद्धि गरि ४० लाख पुर्याउन नगर प्रमुखको ध्यानाकर्षण नेपाली कांग्रेसले गराएको छ ।

बजेट निर्माणमा सरोकारवाला समूह, स्थानिय पार्टी प्रतिनिधि र विज्ञ समूहसँग विभिन्न प्रकारका अन्तरकृया, विकासमा जनताको सहभागिता र अपनत्वको आभाष हुने बातावरण तयार गर्न नगर प्रमुख संग माग गरेका छन् ।

गणेशमान सिह अध्ययन प्रतिवष्ठान, चन्द्रडाँगी कृषि विकास फर्मलाई कृषि क्याम्पस बनाउन आवश्यक प्रकृयाका लागि बजेट विनियोजन गर्न उनिहरुले माग गरेका छन् ।शिवसताक्षी नगरपालिका अन्तर्गतका त्रिधामको संरक्षण, सम्बद्र्धन प्रवर्धन गर्नका लागि आवश्यक बजेट छुट्याउन नेपाली कांग्रेसले माग गरेको छ ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमविविएस अध्ययन गर्न छात्रबृत्ति, राष्ट्रिय स्तरका खेलाडीलाई प्रोत्साहन र पुरस्कृत, नगरपालिका भित्र स्थायी बसोबास गर्ने नागरिकको मृत्यु हुँदा मृत्यु संस्कार खर्च बापत रु २५ हजारनगदै रकम प्रदान गर्ने आवश्यक बजेटका प्रबन्ध गर्न पनि नेपाली कांग्रेसले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।

नगरले ल्याउन लागेको बजेटमा नगर प्रमुख थोप्राले निर्वाचनताका गरेका बाचा मध्ये जग्गा धनि प्रमाण पुर्जाका बारेमा आंसिक रुपमा मात्र बजेट विनियोजन गरेको भन्दै त्यसलाई प्राथमिकतामा राख्न अनुरोध गरेका छन् । नगर प्रमुखले आम नगरबासीको प्राथमिकतामा रहेको समस्याका लागि ५ लाख मात्र बजेट छुट्याउनु भएको हामिले बुझेका छौं । यो अपर्याप्त हो,’ पार्टी सभापति बस्नेतले भने ।

विज्ञान र कानुन अध्ययन गर्ने विद्यार्थी नगर वाहिर जानुपर्ने समस्याको दिर्घकालिन समाधान गर्न पार्टीले अनुरोध गरेको छ । नगरका सामुदायिक विद्यालयमा पर्याप्त पुर्वाधार छ । ति पुर्वाधारको अधिकत उपयोग गरेर विज्ञान र कानुनका कक्षा संचालन गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

क्यान्सर पीडित, मृगौला, पक्षघात जस्ता गम्भिर प्रकृतीका विरामीलाई मासिक ५ हजार, औषधी उपचार खर्च दिनपनि नेपाली कांग्रेसले नगर प्रमुखको ध्यानाकर्षण गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here