झापाबाट दशमहिनामा २८ हजार ८ सय ५६ जना विदेशिए

0
59

लक्ष्मी उप्रेती,
मेचीनगर।

चालु आर्थिक वर्ष २०७९/०८० काे दशमहिनाकाे अवधिमा झापाबाट २८ हजार ८ सय ३६ जनाले श्रम स्विकृति लिएर विदेश गएका छन् । जुन संख्या गत आर्थिक वर्ष २०७८/०७९ एकबर्षकाे अवधिकाे तुलनामा झण्डै दाेब्बर हाे । गत आर्थिक वर्षमा १३ हजार ५ सय ५८ जनाले झापाबाट श्रम स्विकृति लिएका थिए । चालु आर्थिक वर्ष सकिन दुईमहिना बाँकी रहेकाले संख्या दाेब्बर पुग्ने सुरक्षित आप्रवासन सामी कार्यक्रमका संयाेजक फणीन्द्रप्रसाद दाहालले जानकारी गराउनुभयाे ।

उहाँका अनुसार साउन महिनामा ३ हजार ५१, भदाैँमा ३ हजार ४ सय १४, असाेजमा २ हजार ४ सय ८५, कार्तिकमा ३ हजार ४ सय ७३, मंसिरमा २ हजार ९ सय ९१, पुसमा २ हजार ७ सय ८, माघमा २ हजार ८ सय ४१, फागुनमा २ हजार ७ सय ३५, चैतमा २ हजार ८ सय २३ र बैशाखमा २ हजार ३ सय १५ गरी कुल २८ हजार ८ सय ३६ जनाले झापाबाट श्रम स्विकृति लिएर विदेश गएका छन् ।

सुरक्षित आप्रवासन सामी कार्यक्रम सुरक्षित वैदेशिक राेजगारीका लागि सराेकारवालाहरूसँगकाे अन्तरक्रिया कार्यक्रममा मंगलबार झापाकाे मेचीनगरमा कार्यक्रम संयाेजक दाहालले प्रस्तुत गरेकाे प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।

आर्थिक वर्ष २०७८/०७९ मा श्रम स्विकृति लिएर वैदेशिक राेजगार जानेकाे संख्याकाे आधारमा पहिलाे धनुषा र दाेस्राे झापा जिल्ला रहेकाे प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । तर, वैदेशिक राेजगारीमा जाने महिलाकाे संख्याका आधारमा झापा पहिलाे हाे । संयाेजक दाहालका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० मा वैदेशिक राेजगार बाेर्डबाट विदेशमा मृत्यु भएका झापाका ३७ जनाले क्षतिपूर्ति प्राप्त गरेका थिए । त्यसमा मेचीनगरका २ जना रहेका छन् ।

जनसंख्याकाे आधारमा झापाकाे २ लाख ४५ हजार १९ घरधुरीमध्ये ६९ हजार ८ सय २४ घरधुरीबाट विदेश गएका छन् । मेचीनगरकाे ३२ हजार ६ सय ९५ घरधुरीमध्ये ९ हजार ३ सय २६ घरधुरीबाट १३ हजार ६ सय ४४ जना भारतलगायत अन्य मुलुक बाहिरिएका छन् । त्यसमा ९ हजार ७ सय १६ पुरूष र ३ हजार ४ सय २८ जना महिला रहेका छन् । २०७८ सालकाे जनगणना अनुसार मेचीनगर नगरपालिकाे जनसंख्या १ लाख ३३ हजार ७३ जना रहेकाे छ । त्यसमध्ये काम गर्ने उमेर समूहका २० देखि ५९ वर्ष उमेरका ७४ हजार ४ सय ५३ जना रहृेका छन् ।

यसरी मेचीनगरबाट वैदेशिक राेजगारकालागि हजाराैँ जनशक्ति बाहिरीरहँदा भारतबाटमात्र ६० प्रतिशत भारतीय श्रमिक यहाँ आउने गरेका छन् । कवाडी, यातायातका ग्यारेज, टायल्स, भवन निर्माणलगायत थुप्रै काम गर्न भारतीय आउने गरेकाे तथ्यांकमा उल्लेख छ ।

मेचीनगरमा सुरक्षित आप्रवासन सामी कार्यक्रमका विषयमा कार्यक्रम संयाेजक फणीन्द्र प्रसाद दाहालले प्रस्तुतिकरण दिनुभयाे । उहाँले सामी कार्यक्रम अन्तरगत मेचीनगर नगरपालिकाकाे गतिविधिका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभयाे ।

वित्तीय साक्षरता कक्षाकाे सम्पन्नता , रिटर्नी स्वयंसेवकहरूलाई निरन्तर घरदैलाे र सुचना प्रदान, मनाेसामाजिक परामर्शकर्ताबाट निरन्तर केश पहिचान र परामर्श, समुदायस्तरका चारवटा अभिमुखीकरण कार्यक्रम सम्पन्न , प्राप्त भएका केशहरूकाे आर्थिक सहायता, उद्धार कानुनी सहायताकाे लागि सिफारिस र माईग्रेसन प्राेफाईलकाे तथ्यांक संकलन चलिरहेको संयाेजक दाहालले प्रस्तुत गर्नुभएकाे प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक राेजगारका ठगि व्यक्तिगत र संस्थायत हुने गरेकाे छ । कार्यक्रमकाे अध्यक्षता गर्दैँ मेचीनगर उपप्रमुख मीना पाेखरेल उप्रेतीले सामी परियाेजनाका विषयमा स्पष्ट पार्नुभयाे । कार्यक्रमकाे सञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीले गर्नुभएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here