फिक्कलमा मिस सूयोदय प्रतियोगिता हुँदै, विजेतालाई एक लाख रुपैंया पुरस्कार

0
156

फिक्कल।

इलामको सूर्योदय नगरपालिकामा मिस सूयोदय सिजन–१ हुने भएको छ ।

स्थानीय स्तरमा रहेका प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले जिल्लामै पहिलोपटक आयोजना गरीएको मिस सूर्योदय सिजन–१ असार ७ गते देखि २० गते सम्म फिक्कलमा हुने भएको हो ।

होटल एसोसीएसन सूर्योदयको आयोजना तथा सूर्योदय जेसीज र युनाईटेट फिक्कल क्लबको सह-आयोजनामा हुने कार्यक्रमको ब्यवस्थापन समुन्त सूर्योदय मल्टी सर्भील प्रा.लिले गर्ने भएको छ ।

१६ देखि २५ बर्ष उमेर समुहका युवतीले सहभागीता जनाउन सक्ने उक्त कार्यक्रमले सौन्दर्यकला र बुद्धिमत्ताको प्रचार;संस्कृति, परम्परा र इतिहासको प्रवर्द्धन गर्ने जनाईएको छ । कार्यक्रमले सहभागीलाई स्वस्थ जीवनशैली र सामुदायिक संलग्नताको कदर गर्न प्रोत्साहित गर्ने , सामाजिक सीप र व्यक्तित्वको विकास गर्दै आत्म–विश्वास, आत्म–अनुशासन, प्रेरणा, र दृढ संकल्पमा वृद्धि गर्ने जनाईएको छ ।

प्रतिस्पर्धीको वस्ताविक पहिचानका लागि व्यवसायिक समूहद्वारा अडिसन लिइने आयोजकका कार्यक्रम संयोजक युवराज प्रधानले जानकारी दिनुभयो । उहाका अनुसार छनौटमा रहेका प्रतिष्पर्धीलाई कोरियोग्राफी ,हस्पिटालिटी, क्षमता अभिवृद्धि ,उद्घोषण तथा पब्लिक स्पिकिंग, नेतृत्व बिकास तालिम, व्यवसायिक मोडलिंग तालिम, मेकअप, आर्टिस्ट , फेसन डिजाइनिंग सम्बन्धि तालिमका साथै योगा पोषण तथा स्वस्थ्य सम्बन्धी तालिम र अंग्रेजी बोलचाल ,मनोसामाजिक परामर्श ,उत्प्रेरणा, आत्मरक्षा ,बित्तिय साक्षारता ,सामाजिक ,राजनैतिक ,समावेशिता ,पर्यटन तथा करियर सम्बन्धी परामर्श (लोकसेवा ,बैदेशिक अध्ययन व्यवसाय बैकिङ्ग सेवा सम्बन्धी) तालिम दिईने छ ।

सहभागी मध्येबाट उत्कृष्ट १० छनौट गरी फाईनलका लागि प्रतिष्पर्धा गराईने छ र विजेतालाई नगद एक लाख रुपैंयासहितका पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here