माईमा सामुदायिक वन ब्यबस्थापन तालिम शुरु

0
142

विमल दहाल, इलाम ।

इलामको माई नगरपालिकामा सामुदायिक वन बिकास कार्यक्रम अन्तर्गत सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी तथा सदस्यहरुका लागि ७ दिने अभिलेख ब्यबस्थापन, कार्यालय ब्यबस्थापन तथा लेखा तालिम शुरु भएको छ।

माई नगरपालिका वन वातावरण तथा बिपद ब्यबस्थापन शाखा माईको आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ माईको सहजिकरणमा तालिम शुरु भएको सामुहिक बन उपभोक्ता महासंघ माईका अध्यक्ष देवी प्रसाद नेपालले जानकारी दिनुभयो।

आगामी असार १० गते सम्म सन्चालन रहने तालिममा माई नगरपालिका भित्रका सामुदायिक बनका पदाधिकारी र सदस्य गरी एक सय जनाको सहभागिता रहेको छ। माई नगरपालिका भित्र ६४ सामुदायिक वन उपभोक्ता समुह रहेका छन्।

तालिम कार्यक्रममा सामुदायिक बनको आम्दानी मध्ये २५ प्रतिशत बन बिकास, बन संरक्षण र बन ब्यबस्थापनमा खर्च गर्ने, ३७ दशमलव ५ प्रतिशत स्थानीय तह संगको समन्वय गरेर गरिवी न्युनिकरण, महिला शसक्तिकरण र उधम विकास शसक्तिकरणमा खर्च गर्ने र वाँकी ३७ दशमलव ५ प्रतिशत उपभोक्ताको हितमा खर्च गर्न पाउने गरिको विधि अनुसार सहजीकरण भईरहेको जनाईएको छ ।

सहजकर्ताद्वय रोहित नेपाल र अजित खत्रीले सहजीकरण गर्दै रहनु भएको तालिम सामुदायिक वन उपभोक्ता समुहका लागि स्थानीय तह मार्फत सन्चालित महत्वपूर्ण र पहिलो तालिम रहेको बताईएको छ। केही हप्ता अघि माई नगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन शाखाको आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ माईको सहजीकरणमा बिभिन्न जिल्लाका १५ वटा सामुदायिक बन, सिमसार क्षेत्र र डिभिजन वन कार्यालयहरुको अध्ययन अवलोकन भ्रमण गरी सिकाई आदन प्रदान गरिएको वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख ज्ञानेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here