गोबर ग्याँस प्लान्टको अनुगमन

0
55

पथरीशनिश्चरे,

पथरी शनिश्चरे नगरपालिकाद्वारा वडाहरुमा निर्माण गरिएको गोबर ग्याँस प्लान्टको अनुगमन गरिएको छ ।

नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा गोबर ग्याँस प्लान्टको अनुगमन गरिएको हो । वडाका विभिन्न टोलहरुमा निर्माण गरिएको सो गोबर ग्याँस प्लान्टको प्रयोगमा आए/नआएको अनुगमन टोलीले बुझेको हो । प्रायः सबै प्लान्टहरु दैनिक रुपमा प्रयोग गरिएको पाइएको छ ।

सो अनुगमनमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, योजना शाखा प्रमुख शिवकुमार राई, अनुगमन समितिका सदस्य वीरबहादुर राई, इन्जिनियर सन्तोष केसी लगायत सहभागी हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here