हुलाकका कर्मचारी आन्दोलित

0
75

झापा, झापा जिल्लामा अतिरिक्त हुलाकमा कार्यरत कर्मचारी सरकारको अतिरिक्त हुलाक खारेज गर्ने निर्णयबिरूद्ध आन्दोलनमा उत्रिएका छन् ।
नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशन झापाको नेतृत्वमा बजेट भाषणको बुँदा नम्बर ३७४ मा उल्लेख भएको अतिरिक्त हुलाक खारेज गर्ने निर्णय सच्याउन माग राख्दै आन्दोलनमा उत्रिएको हो । एशोसिएशनका झापा अध्यक्ष कृष्णप्रसाद अधिकारीको नेतृत्वमा आएको टोलीले जिल्ला हुलाक कार्यालयमार्फत सरकारलाई ज्ञापन–पत्र पठाएको छ ।
जिल्ला प्रशासन, प्रहरी र नेपाल पत्रकार महासंघ झापालाई समेत बोधार्थ पठाइएको ज्ञापन–पत्रमा बजेट भाषणको वक्तव्य नम्बर ३७४ प्रति आपत्ति जनाउँदै खारेजको माग गरिएको छ भने माग सुनुवाइ नभए हुलाक सेवा ठप्प पार्ने चेतावनी समेत दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here