बिर्तामोडका महिलालाई प्रस्ताव तथा माइन्युट लेखन सम्बन्धि तालिम

0
73

झापा, बिर्तामोड नगरपालिका ४ मा रहेको मुनाल टोल विकास संस्थाले महिलाहरुलाई प्रस्ताव तथा माइन्युट लेखन सम्बन्धि तालिम प्रदान गरेको छ । 
महिलाहरुको नेतृत्व र क्षमता विकासका लागि बिर्तामोड नगरपालिका वडा नम्वर ४ को आर्थिक सहयोगमा महिलाहरुलाई दुई दिवसिय तालिम प्रदान गरिएको हो । तालिममा ६ वटा टोल विकास संस्थाका ५० जना महिला सहभागी रहेको मुनाल टोल विकास संस्थाका सचिव झलक खत्रीले जानकारी दिए ।


बिर्तामोड नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको तालिम समापन समारोहका अवसरमा प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष देवीप्रसाद वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले सिकेको सिपलाई व्यवहारमा उर्ताने प्रतिवद्धता जनाएका थिए ।
बिर्तामोड नगरपालिका वडा नम्वर ४ का न्यायिक समिति सदस्य तथा सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका महासचिव लक्ष्मी गौतमले तालिमको सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन सुरेश खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here