भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सङ्घको माग 

0
139
काठमाडौँ,  चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले भारतीय चलचित्रको प्रदर्शन रोक्ने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको छ । बुधबार सङ्घकोतर्फबाट रिट दर्ता भएको पाटन उच्च अदालतका प्रवक्ता मन्दिरा शाहीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “रिट दायर भएको छ, उहाँहरूले सम्पूर्ण हिन्दी चलचित्रको प्रदर्शन रोक्ने निर्णयलाई खारेज गर्ने माग गर्नुभएको छ, आज यसको सुनुवाइ हुनेछ ।” महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’ मा ‘सीता भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद नहटाएको भन्दै गत सोमबारदेखि १७ चलचित्र भवनमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here