डाका चोरी कसूरमा संलग्न ३ जना कारागार चलान

0
37

पथरी शनिश्चरे,. मोरङ्गको जिल्ला अदालतको आदेशले ३ जना प्रतिवादीहरू पुर्पक्षको लागि कारागार चलान गरेको छ।
विराटनगर महानगरपालिका वडा नं.-३ स्थितबाट चोरी भएको चाँदीका गरगहना ३५ केजी र सुन ८ ग्राम सहित पक्राउ परेका ति ३ जना डाकालाई चोरी मुद्दामा अनुसन्धान पश्चात बुधबार करागार चलान गरिएको हो ।
गत जेठ -०३ गते मोरङ्गको विराटनगर महानगरपालिका वडा नं. ०३ पिपलचौकस्थित जयकिशोर चौधरीको घरबाट २० लाख रुपैयाँ बराबरको २० तोला सुन र ४१ लाख रुपैयाँको ३६ के.जी. चाँदी गरी जम्मा ६१ लाख बराबरको सुन चाँदीका गरगहना चोरीमा संलग्न बिराटनगर महानगर वडा नं. १२ वस्ने २१ वर्षे राज कुमार कामत , सोहि वडाका १९ वर्षे विवेक कामत र २२वर्षे श्रीकान्त दास करागार चलान गरिएको छ।
घटनाको अनुसन्धान र प्रतिवादीहरूको पक्राउको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट सिनियर प्रहरी अधिकृतको कमाण्डमा विशेष अपरेशन सञ्चालन गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here