बाढी पीडितलाई प्रदेश सरकारले राहत पठायो

0
62

विराटनगर, पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा बाढी र पहिरोमा परी मृत्यु भएका मृतकका परिवारले पाउने गरी कोशी प्रदेश सरकारले प्रति मृतक एक लाखका दरले राहत रकम पठाएको छ । पाँचथरमा मृतक जुना साउदेन, हेमराज भन्न्ने संजोग लिम्बु र एलिषा माझी तथा ताप्लेजुङमा मृतक गणेश तामाङ, सुरेश राई, र केशर राईको नजिकको हकवालाले पाउने गरी राहत रकम पठाइएको छ ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको कोष तथा लेखा नियनत्रण कार्यालयको खातामा पुग्ने गरी उक्त राहत रकम बिहीबार कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पठाएको हो । सोमबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्रति मृतक एक लाखका दरले मृतकको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।
त्यसैगरी बिहीबार नै बाढी पहिरोमा परी क्षतिग्रस्त भएका सखुवासभाका १७ वटा घर पुनः निर्माणका लागि राहातस्वरुप सात लाख ७० हजार रुपियाँ पठाएको छ । जसमा पूर्ण क्षति भएका १३ वटा घर पुनः निर्माणका लागि प्रति घर ५० हजारका दरले र आंशिक क्षति भएका चार वटा घर पुनः निर्माणका लागि ३० हजारका दरले राहत रकम पठाइएको हो । उक्त रकम पनि जिल्ला प्रशासन कार्यालय सखुवासभाले ताकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पठाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here