बाल सञ्जालको पहुँच प्रयोग र अपाङ्ता सम्वन्धी अभिमुखीकरण

0
43

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरेमा बाल क्लबका लागि बालबालिकासँग सम्वन्धी संयन्त्रको पहुँच प्रयोग र अपाङ्गता सम्वन्धी अभिमुखीकरण कार्यक्रमको सम्पन्न भएको छ ।
आज शुक्रबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो रहनुभएको थियो । तुम्वापोले बालबालिकासँग सम्वन्धी संयन्त्रको पहुँच प्रयोगसँग सम्वन्धित रहेर आफ्ना भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा वडा नं. १, २, ३, ७ र १० का बाल क्लब/ बाल सञ्जालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको हो ।
कार्यक्रम सञ्चालन एवं सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेल र नगर बाल सञ्जाल अध्यक्ष मुरारी खनालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here