वन ऐनको विषयमा अन्तरक्रिया एवं सुझाव संकलन

0
41

पथरी शनिश्चरे,
मोरङको पथरी शनिश्चरे नगरपालिकामा प्रस्तावित वन ऐन २०८० को विषयमा अन्तरक्रिया एवं सुझाव संकलन गरिएको छ ।
आज शुक्रबार नगरको सभाहलमा वन तथा वातावरण समितिको आयोजनामा पथरी शनिश्चरेका सबै सामुदायिक, धार्मिक वनका पदाधिकारीहरु र पथरी वन डिभिजन कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा अन्तरक्रिया तथा सुझाव संकलन भएको हो ।
नगरपालिकाका कानुनी सल्लाहकार दीपक राई, कर्मचारीद्वय सुरेन्द्र राई र दीपक गुरुङले पनि सहजीकरण गर्नुभएको थियो भने नगरपालिकाको वन तथा वातावरण समितिका संयोजक लोककिरण न्यौपानेले प्रस्तुति दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here