शनिश्चरे बजारलाई चलायमान गर्ने उद्देश्यले अर्जुनधारामा मिनी महोत्सव

0
182
अर्जुनधारा ।
झापा जिल्लाकै पुरानो बजारको इतिहास कायम गर्न सफल शनिश्चरे बजारलाई चलायमान गर्ने उद्देश्यले बुधबार(भोलि)देखि ‘प्रथम अर्जुनधारा मिनी महोत्सव–२०८०’ हुने भएको छ ।
साविक शनिश्चरे गाँउ विकास समिति–१ स्थित देवकोटा चौक परिसरमा लाग्दै आएको उक्त बजारको लागि जमिन व्यवस्थापन र आवश्यक पूर्वाधार निर्माण सुरु भएसँगै अर्जुनधारा नगरपालिकाले हाल अर्जुनधारा नगरपालिका–८स्थित प्लटिङ क्षेत्रमा बजारलाई स्थानान्तरण गरेको हो ।
नयाँ क्षेत्रमा बजारलाई स्थानान्तरण गरे पनि चलायमान नभएको अवस्थामा मिनी महोत्सवमार्फत् बजारमा सबै प्रकारको गतिविधि बढाउने आयोजक ब्रदर एण्ड सीस्टर जिम हाउसद्वारा मंगलबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।
सयपत्री इन्टरटेन्टमेन्ट प्रा.लि.को व्यवस्थापनमा यही असार २७ गतेसम्म हुने महोत्सवमा राष्ट्रिय कलाकारहरु प्रमोद खरेल, मेलिना राई, रचना रिमाल, एलिना चौहन र  ज्योति मगरसँगै स्थानीय कलाकारहरुको प्रस्तुती रहने सयपत्री इन्टरटेन्टमेन्टका सञ्चालक पर्वत लामाले जानकारी दिए ।
त्यसैगरी महोत्सवबाट संकलन भएको रकम बजारको व्यवस्थापनसँगै विपद् व्यवस्थापनमा पनि सहयोग पु¥याउने जिम हाउसका सञ्चालक तुल श्रेष्ठले दावी गरे । अनुमानित २० लाख रुपैयाँ खर्च लाग्ने उक्त महोत्सवको प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ ।
पत्रकार भेटघाटमा महोत्सव आयोजक समितिका सल्लाहकार भरत मोक्तान, कोषाध्यक्ष श्याम दनुवार, सदस्यद्वय हिमाल पुरी र हेमलाल परियार, सयपत्री इन्टरटेन्टमेन्ट प्रा.लि.की गौरी लिम्बूलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here