लागूपदार्थ सम्बन्धी सामुहिक जनचेतनामूलक कार्यक्रम सम्पन्न

0
145
अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत सामाजिक विकास शाखाको आयोजनामा लागुपदार्थ सम्बन्धी सामुहिक जनचेतनामूलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
समाजमा रहेका कुरिती, कुप्रथा तथा लागुपदार्थ दुव्र्यसनी निवारणका लागि सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि उक्त कार्यक्रमको आयोजना गरिएको शाखाका प्रमुख राजविक्रम खड्काले जानकारी दिए ।
मेचीनगरस्थित सामुदायिक विकास मञ्चको सहजिकरणमा दुई सय ५० जना भन्दा बढी विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा सहजकर्ताहरु कार्यक्रमका प्रमुख अतिथि लागुऔषध ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलिया, मेडिकल अधिकृत डा.विकास आचार्यले सहजिकरण गरेका थिए ।
नगर प्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतको सहभागिता रहेको थियो । सामाजिक विकास समितिका संयोजक कौशिलाल परियारले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन जीवन नेपालीले गरेका थिए ।
शाखाले यस अघि नगरपालिकाको सात वटा वडामा टोल समितिका पदाधिकारीहरुलाई लक्षित गरि लागुपदार्थ सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here