साउदेन बंशावली बिमोचन

0
149

झापा, किरात सभ्यता भित्रको थाक्थाकु माबोहाङ साउदेन बंशावली बिमोचन भएको छ ।
साउदेन वंश कल्याण समाज केन्द्रीय समितिले आज झापाको बिर्तामोडमा एक कार्यक्रमको आयोजना गर्दै बंशावली बिमोचन गरेको हो । वंशावलीको विमोचन आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले गर्नुभयो ।
साउदेन वंश कल्याण समाजका ज्येष्ठ सदस्य देउप्रसाद खाउदेनको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थितिमा वंशाावलीको विमोचन गरिएको थियो ।
सो समारोहमा जातीय पहिचान झल्कने च्याभ्रुम नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा किरात याक्थुम चुम्लुङका झापा अध्यक्ष तथा लिम्बू भाषाविद शेशेहाङ फियाक, किरात राई यायोख्या झापा जिल्ला अध्यक्ष गणेश राई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here