नसर्ने रोग पहिचान गर्दै बेथानचोक गाउँपालिका

0
133

झापा,
बेथानचोक गाउँपालिकाले बदलिँदो जीवनशैली र खानपान अपनाएकै कारण मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोग बढ्न थालेपछि नसर्ने रोगको ‘स्क्रिनिङ क्याम्प’ सेवा सुरु गरेको छ ।

वडास्थित समुदायका ४० वर्ष माथिका नागरिकको मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोगको असारभित्र पहिचान गर्ने उद्देश्यले तालिका बनाएर गाउँपालिकाले क्याम्प कार्यक्रम सञ्चालन गरिरहेको हो । गाउँपालिका र बनेपास्थित शीर मेमोरियल एड्भेन्टिष्ट अस्पतालबीच सम्झौता गरी स्क्रिनिङ क्याम्प सेवा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार सम्झौतामा अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाका छ वटै वडामा समुदायमा रहेका ४० वर्ष माथिका जेष्ठ नागरिकको नसर्ने रोग ९मधुमेह, उच्च रक्तचाप लगायत०को स्क्रिनिङ क्याम्प सेवा उपलब्ध गराउने उल्लेख गरिएको हो ।

यस्तै स्क्रिनिङपश्चात् अस्पतालमा रेफर भई आउने बिरामीलाई २० प्रतिशत उपचार शुल्क छुट गराउने पनि सम्झौतामा उल्लेख गरिएको छ । स्थानीय ज्येष्ठ नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखी मधुमेह, उच्च रक्तचापलगायतका समस्याको समयमा नै पहिचान गरी उपचारको दायरामा ल्याई स्वस्थ नागरिक र स्वस्थ समाज निर्माण गर्न सेवा आरम्भ गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत नागरिकलाई वडावडामै स्क्रिनिङ सेवा उपलब्ध गराउने, गाउँपालिकाभित्र माथि उल्लेखित समस्या के–कति रहेका छन् सोको तथ्याङ्क सङ्कलन गरी उपचारको दायरामा ल्याउनुका साथै जोखिममा रहेका नागरिकलाई थप उपचारका लागि दुवै पक्षले आगामी आर्थिक वर्षमा आवश्यक कार्यक्रम निर्माण गरी सेवा उपलब्ध गराउने जनाइएको छ ।

कार्यक्रमअन्तर्गत यही असार १३ गते १ नं वडास्थित च्याम्राङबेँसी स्वास्थ्य चौकीमा, १४ गते ६ नं वडास्थित पाँगुभुग्देउ स्वास्थ्य चौकीमा, १५ गते ५ नं वडास्थित च्यासिंखर्क स्वास्थ्य चौकीमा क्याम्प सम्पन्न गरिएको छ ।

यस्तै आइतबार ३ नं वडास्थित महाँकालस्थान आधारभूत स्वास्थ्य चौकीमा, २ नं वडास्थित ढुङ्खर्क स्वास्थ्य चौकीमा सोमबार र मङ्गलबार ४ नं वडास्थित चलाल गणेशस्थान स्वास्थ्य चौकीमा स्क्रिनिङ क्याम्प सञ्चालन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सीताराम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वडामा गरिएको स्क्रिनिङ क्याम्पमा करिब छ सय स्थानीयले सेवा लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here