इक्यान झापाको कार्यालय उद्घाटन

0
224

बिर्तामोड, नेपाल शैक्षिक परामर्श संघ९इक्यान० झापाको कार्यालय स्थापना भएको छ । झापाको बिर्तामोड–४ स्थित भद्रपुर रोडमा संघको कार्यालय स्थापना भएको हो । संघका हरेक गतिबिधि आफ्नै कार्यालयबाट सञ्चालन गर्ने गरी कार्यालय स्थापना गरेकोे छ ।

तीन वटा कोठा रहेको संघको कार्यालयको शनिवार ९आज० संघका केन्द्रिय अध्यक्ष प्रकाश पाण्डेले उद्घाटन गरेका हुन् । संघका झापा अध्यक्ष मिलन ओलीको अध्यक्षतामा भएको कार्यालय स्थापना कार्यक्रममा स्वागत संघका पूर्व झापा अध्यक्ष सुमन शर्मा जमरकट्टेलले गरेका थिए ।

कार्यक्रममा संघका पूर्व केन्द्रिय अध्यक्ष बिष्णुहरि पाण्डे, पूर्व केन्द्रिय उपाध्यक्ष शेषराज भट्टराई, उपाध्यक्ष देबीदास भट्टराई, कृष्णहरि केसी, केन्द्रिय महासचिब दीपकराज भूषल, केन्द्रिय सदस्य भवनाथ हुमागाई, रत्न भट्टराई, जापानीज भाषा जेएलसीटी का डारेक्टर प्रमोद लिम्बु, इक्यान पूर्वाञ्चल उपाध्यक्ष दीपक गौतम, संघका झापा उपाध्यक्ष तथा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीलगायतले आ–आफ्ना धारणा राखेको संघका झापा अतिरिक्त बिभाग प्रमुख अनिल सापकोटाले जानकारी दिए । कार्यक्रमको सञ्चालन संघका झापा सचिव राजकुमार कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here