पथरी शनिश्चरे, .
कानेपोखरी गाउँपालिकाको वडा नं। २, प्रधान टोलमा रहेको जनता आवास कार्यक्रम अन्तर्गत यस बर्ष ४ वटा भवन निर्माण सम्पन्न भएको छ ।
कानेपोखरी गाउँपालिकाको गौरवको योजना अन्तर्गत यस बर्ष ४ वटा भवनमा ८ परिवार बस्न हुने गरी आवास निर्माण सम्पन्न भएको हो । आवास ५१ लाख ६५ हजारको लागतमा ठेक्का लागेको थियो । आवासविहीन अति विपन्न नागरिकको लागि निर्माण गरिएको कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले बताए। गत बर्ष ६ वटा आवास निर्माण गरी आवास विहीन नागरिकलाई घर हस्तान्तण गरेको थियो ।































