एनआरएनए डेनमार्कको कोषाध्यक्षमा झापाका देवकुमार

0
134

कोपनहेगन (डेनमार्क), असार १७। गैरआवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको आठौं राष्ट्रिय अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ ।
अधिवेशनबाट झापा मेचीनगर–८ का देवकुमार गिरी संघको कोषाध्यक्षमा विजयी भएका छन् । अधिवेशनमा भएको निर्वाचन प्रक्रियाबाट गिरी कोषाध्यक्षमा निर्वाचित भएका हुन् । उनी १५ वर्षदेखि डेनमार्कमा बसोबास गर्दै आएका छन् । उनी आफ्नो रोजगारीसँगै निस्वार्थ भावनाले नेपालीको समस्या समाधानमा अग्रणी भूमिका निर्वाह गर्दै आउने व्यक्तिको रुपमा परिचित छन् ।
निर्वाचनबाट आइसीसी सदस्यमा दिपकराज रिजाल चयन भएका छन् । उनी पनि झापाली नै भएको बताइएको छ । गैरआवासीय नेपाली संघ डेनमार्कको अध्यक्षमा कमलराज शर्मा विजयी भएका छन् । उपाध्यक्षमा निलविक्रम थापा र प्रदिप तिवारी विजयी भएका छन् । महासचिवमा नवराज आचार्य (नवीन) विजयी भएका छन् भने युवा संयोजकमा भुवन खड्का विजयी भएका छन् ।
निर्वाचन समिति संयोजक दिपककुमार तिवारीका अनुसार राष्ट्रिय समितिको सदस्यहरुमा एलेक्स पोखरेल, गोविन्द पौडेल, निराजन गुरुङ, रामप्रसाद अर्याल र सन्तोष बस्नेत विजयी भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा अम्बिका अधिकारी र आश्मा काफ्लेलाई चयन गरिएको छ । समितिको कार्यकाल सन् २०२५ सम्म रहने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here