रामदेव पाण्डेको शब्दमा बविनाको  “तिमी नमर्नु है” सार्वजनिक

0
132

काठमाडौ,  बविना भट्टराईको स्वर तथा संगितमा रहेको “तिमी नमर्नु है” आधुनिक गीत सार्वजनिक भएको छ । रामदेव पाण्डेको शब्द रचनामा गीत तयार गरिएको छ । सञ्जय श्रीपालको एरेन्ज÷मिक्सिङ÷मास्टरीङ गरिएको गीतको गीतलाई मुर्चुङ्गा स्टुडियोमा रेकडिङ गरिएको हो । गीतलाई गायिका बविना भटटराईंको युटुव च्यानल मार्फत हेर्न सकिन्छ ।जीवनमा आइपर्ने हरेक अप्ठयाराहरुलाई सहजरुपमा लिई एक पटक पाइने अमूल्य जीवनलाई सार्थक बनाउन सकिने उद्घोष रचनाकार पाण्डेको छ । प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ।

गीतमा मिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई उजागर गरिएको छ । माया प्रेममा परेका प्रेमिल जोडीहरु विछोडिदा अप्रिय घटनाहरु भैरहेका घटनालाई गीतमा चित्रण गरिएको छ । बुद्ध थापाकोे छायाँकन , सरोज रञ्जितकारको सम्पादन तथा केशव भटटले निर्देशन भिडियोमा गरेका छन । गीतको भिडियोमा बविना भट्टराईलाई भिडियोमा देख्न सकिन्छ ।
“तिमी नमर्नु है” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/embed/NxTWrHJjEkU

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here