कोशी प्रदेशको मुख्यमन्त्रीमा थापालाई अघि बढाउने निर्णय

0
69

झापा, नेपाली कांग्रेस कोशी प्रदेशको आइतवार बसेको बैठकले मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ।
नेकपा (एमाले)को नेतृत्वमा रहेको सरकार ढलेपछि सत्ता साझेदार दलहरूबीच कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेका बेला कांग्रेसले मुख्यमन्त्रीमा थापालाई अगाडि बढाउने निर्णय गरेको उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए।
‘मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वमा रहेको सरकारले विश्वासको मत पाउन नसकेपछि स्वाभाविक रूपमा गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो। त्यसैले पहिलो पटक कांग्रेस नेतृत्वको सरकार बन्छ। त्यसको नेतृत्व कांग्रेस कोशी प्रदेश सभापति एवम दलका नेता उद्धव थापाले गर्नुहुनेछ,’ उपसभापति रायमाझीले बैठकको निर्णय सुनाउँदै भने, ‘यसका लागि केन्द्रीय नेतृत्वसँग पनि छलफल गर्नेछौं साथै सत्ता साझेदार दलहरूबीच निरन्तर संवाद भइरहेको छ।
सभापति थापाको अध्यक्षतामा बसेको बैठकमा उपसभापति रायमाझी र टंक राई, महामन्त्रीहरू भुपेन्द्र राई र टंक थापा, सहमहामन्त्रीहरू विनोद कुमार बस्नेत, खड्ग फागो र प्रमिला गच्छदार साथै कोषाध्यक्ष राजेश गुप्ता सहभागी थिए।
कोशीमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएसँगै दलहरूले आ–आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here