ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

0
50

पथरी शनिश्चरे,
असार, मोरङको पथरीशनिश्चरे(२ स्थित पूर्व – पश्चिम राजमार्ग खण्डमा माल वाहक ट्रकले ठक्कर दिँदा अटो टेम्पो चालकको मृत्यु भएको छ ।
पूर्वतर्फ जाँदै गरेको ना ६ ख १३७२ नम्बरको ट्रकले पश्चिमतर्फ आउँदै गरेको को २ अ २२९३ नम्बरको अटोलाई बिहान ९ः३० बजे ठक्कर दिएको हो ।
दुर्घटनामा परेर पथरीशनिश्चरे–२ का अटोका चालक ५५ वर्षे भीमशरण तामाङको मृत्यु भएको छ ।
ट्रकले अटोलाई ठक्कर दिएपछि गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले बताए ।
दुर्घटना गराउने ट्रक र चालक झापाको बिर्तामोड नगरपालिका–४ का ४६ वर्षीय नेत्रप्रसाद मैनालीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here