साहित्य चौतारीको सांगीतिक काव्यसभा

0
75

बिर्तामोड ।

साहित्य चौतारी झापाले मासिक सांगीतिक काव्यसभा आयोजना गरेको छ । गायक पदम कन्दङ्वाको प्रमुख आतिथ्यमा चौतारीले काव्यसभा आयोजना गरेको हो ।

साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा आयोजित काव्यसभामा राष्ट्रिय धान दिवससँग सम्वन्धित असारे भाका पनि गुञ्जिएको थियो । सुसेली कला केन्द्र नौमती बाजा समूहका महिलाले असारे भाका प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले दर्जनौं कलाकर्मी र स्रष्टा जन्माएको साहित्य चौतारीले नयाँ र पुराना प्रतिभालाई एकै ठाउँमा सहभागी गराएर सिक्ने र सिकाउने मौका दिइरहेको बताए । रजत वर्ष प्रवेश गरेको साहित्य चौतारीले असार ३१ गते भानु जयन्ती भव्यरुपमा मनाउने निर्णय पनि गरेको संरक्षक श्रेष्ठले जानकारी दिए । कार्यक्रममा उनले रामायण वाचन गरेका छन् ।

कार्यक्रममा साहित्य चौतारीका सल्लाहकार अनिरुद्र ओली र राजेन्द्र संग्रौला, विद्यालयमा साहित्य चौतारी अभियानका संयोजक भानुभक्त कुभिण्डेली लगायतको आतिथ्य रहेको थियो । सचिव खगेन्द्रा खुशीले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने उपाध्यक्ष कृष्ण सुवेदी निराकरले स्वागत गरेका थिए । काव्यसभामा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रतियोगीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

त्यसैगरी साहित्य चौतारीले पत्रकार तुलसी निरौलाको उपचारका लागि ११ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । साहित्य चौतारीका संस्थापक संरक्षक श्रेष्ठले साङ्गीतिक काव्यसभाको अवसरमा यो घोषणा गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here