लघु उद्यमीहरुलाई प्रविधि सहयोग

0
51

झापा, बिर्तामोड नगरपालिकाले लघु उद्यमीहरुलाई प्रविधि सहयोग गरेको छ ।
गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले विभिन्न वडाका उद्यमीहरुलाई आज प्रविधि हस्तान्तरण गरेको हो । 

नगरपालिकाको हलमा आयोजित एक कार्यक्रमका विच लुगा सिलाउने मेशिन १० थान, इन्टरलग मेशिन ४ थान, ब्याग सिलाउने मेशिन १ थान, तौल मापन गर्ने मेशिन १ थान, अचार बनाउनका लागि ग्यास चुलो १ थान, बाख्रा पालनका लागि तारजाली १८ थान वितरण गरिएको हो । यस्तै धुप पेपर कटिंग मेशिन १ थान, पोते उन्नका लागि ग्लु गन २० थान, व्युटी पार्लरको लागि आइरन ६ थान, ड्रायर ६ थान वितरण गरिएको कार्यक्रम संयोजक चनिमाया तामाङले जानकारी दिनु भयो ।

व्याग सिलाउने मेशिन वडा नम्बर ९ को पारिजात उद्यमी समुहलाई प्रदान गरिएको हो । उक्त सामाग्रीहरु नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ३का वडाअध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ६ का वडाअध्यक्ष सूर्य कन्दङ्वा र वडा नम्बर १० का वडाअध्यक्ष दुर्योधन गुरुङले संयुक्तरुपमा हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले आफ्नो सिप र क्षमतालाई सदुपयोग गर्दै अघि बढ्नु पर्ने बताउनु भयो । राज्यको सम्पति दुरुपयोग गर्न नहुने भन्दै उहाँले नगरले प्रदान गरेका सामाग्रीहरुको सहि सदुपयोग गर्न आग्रह गर्नु भयो । सिपलाई श्रम र श्रमलाई बजारसंग जोड्नु पर्ने बताउँदै नगर प्रमुख प्रसाईले वैदेशिक रोजगारीमा जानु भन्दा यहि मेहनत गर्न सके जिवनस्तर उकास्न सकिने धारणा राख्नु भयो । उहाँले आर्थिक उपार्जनका लागि उत्पादनमा जोड दिन सहभागीहरुलाई आग्रह गर्नु भयो ।

यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले गरिवी निवारणका लागि गरिएको यो सहयोग ठिकसंग उपयोग गर्नु पर्ने बताउनु भयो । प्रविधिसंग जोडेर काम गर्नु पर्ने बताउँदै उहाँले आज वितरण गरीएको प्रविधि उपयोग भए नभएको बारे नगरले अनुगमन गर्ने बताउनु भयो । अनुगमनका क्रममा सामाग्री उपयोग नभएको पाइए फिर्ता ल्याएर अन्यलाई वितरण गर्ने जनाइएको छ ।

कार्यक्रममा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले प्रदान गरेको तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरीएको छ । व्युटीपार्लर तालिममा सहभागी ६ जना, सिलाई कटाई तालिममा सहभागी १३ जना र एसी,फ्रीज मर्मत तालिममा सहभागी १ जनालाई प्रमाण पत्र प्रदान गरिएको हो ।

नगरपालिकाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्युटीपार्लर, सिलाई कटाई , फुल बनाउने, धुपकाँटी बनाउने, मुढा बनाउने, ढाका बुनाई, पोते बनाउने, अचार बनाउने लगायतका महत्वपुर्ण तालिमहरु प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here