जनपक्षिय काम गर्न स्थानीय तहलाई विप्लव माओवादीको चेतावनी

0
98

बिर्तामोड ।

वित्तिय क्षेत्रमा देखिएको समस्या समाधान गर्न स्थानीय तहले पहल गर्नुपर्नेमा उल्टै ऋणीको नाम सार्वजानिक गर्ने धम्की दिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गत असार १५ गते झापाको शिवसताक्षी नगरपालिकाले बित्तिय संस्था र सहकारीको ऋणीहरुलाई ऋण तिर्न, नतिरे नाम सार्वजानिक गर्ने र प्रचलित कानुन बमोजिम कार्वाही गर्ने भन्दै जारी गरेको सूचना प्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको नेपाल कम्युनिष्ट पार्टी झापाका सेक्रेटरी संजय सीले बताए ।

सोमबार एक विज्ञप्ती जारी गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वित्तिय क्षेत्रमा देखा परेको संकट र सहकारी, बित्तिय संस्था र मिटर ब्याजीहरुहरुको आतंक र शोषणले जनताहरुको दैनिकी कस्टकर बनेको समय जनतालाइ सहज र सरल रुपमा ऋण तिर्ने वातावरण चाहिएको उल्लेख गरेको छ ।

विज्ञप्तीमा भनिएको छ– सहज वातावरण बनाउनुको साटो पालिका जस्तो जनउत्तरदायी निकायले धम्कि शैलीमा सुचना जारी गर्नु हांस्यास्पद छ । पालिकाहरुको यो कार्य प्रति खेद प्रकट गर्दै, यस्ता धम्किपुर्ण सुचना जारी नगर्न बरु सरोकारवाला जनतासंग छलफल गरी सहजिकरण गर्न,सहकारी र बित्तिय संस्थाहरुले ऋणीहरुमाथि दोष थोपरी अरबौंको आर्थिक अपचलन गरेका तथ्यहरु अगाडि आएका छन, यसको छानबिन गर्न समेत अनुरोध छ ।

विप्लव माओवादीले जनताबिरुद्ध राज्यको जिम्मेवार निकाय पालिकाहरु नै लागेमा आफुहरु कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएको छ ।

पूर्वाञ्चलसंग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टीका मेची ब्यूरो प्रमुख सुमन सीले आफुहरुले जनताको हरेक मुद्धालाई गम्भिर रुपमा लिएको बताए । उनले वित्तिय संस्थाहरुले अराजकता मच्चाउने काम गरिरहेकाले अब जनकारबार्ही गर्ने चेतावनी दिए ।

झापासहित पूर्वका सबै स्थानमा विप्लव नेतृत्वकको माओवादीले जनविरोधी गतिविधिहरुलाई नजिकबाट निहाल्ने काम गरिरहेको र नसचिए कारबार्हीमा उत्रने सुमन सीले चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here