सुचिकृत मेलमिलापकर्तालाई कानुनी सचेतना

0
96

विमल दहाल

इलाम,

सुचिकृत मेलमिलापकर्ताका लागि ३ दिने आधारभूत कानुन सम्बन्धी सचेतना कार्यक्रम माई नगरपालिका इलाममा सम्पन्न भएको छ।

न्यायिक समिति सचिवालय माई नगरपालिकाको आयोजना र मानव अधिकार संजाल तथा शान्ति कार्य समुह ९प्याग० नेपालको सहजीकरणमा सम्पन्न भएको सचेतना कार्यक्रममा मेलमिलाप केन्द्र सञ्चालन, मेलमिलाप एेन(२०६८, नियमावली २०७०, माई नगरपालिका मेलमिलाप सम्बन्धी कार्यविधि(२०८०, कानुनमा जान्ने पर्ने कुरा, मेलमिलापका चरणहरु, वहुसरोकाको विवाद र मेलमिलाप, मेलमिलाप कर्ताको आचारसंहिता, मिलापत्र लेखन अभ्यास, मेलमिलाप प्रकृया, स्थानीय सरकार संचालन ऐन २०७४ मा भएका व्यबस्था लगायत विषयमा सहजीकरण गरिएको थियो।

सचेतना समापन कार्यक्रममा प्रमुख अतिथि माई नगरपालिका प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्माले अवका दिनमा न्यायिक निकाय शाखाको रुपमा वडा वडामा मेलमिलाप केन्द्र स्थापना र सञ्चालन गरिने जानकारी दिनुहुदै सुचिकृत मेलमिलापकर्ताको सुचिकरण वडा वडामा राखिने बताउनुभयो। प्रमुख अतिथि बिश्वकर्माले मेलमिलापकर्ताले सन्तुलित भएर विवाद समाधानमा लाग्न आग्रह गर्नुहुदै विवादलाई द्वन्द्व सम्मको अबस्थामा पुग्न नदिन मेलमिलापको भुमिका महत्वपूर्ण हुने जानकारी दिनुभयो ।

माई नगरपालिका उपप्रमुख हिमा भण्डारीले न्यायिक समितिलाई प्रयाप्त तालिम नभएको तर मेलमिलापकर्तालाई विवाद समाधानमा पुर्ण दक्षता प्राप्त रहेकाले मेलमिलाप केन्द्रबाटै विवाद समाधान हुनेमा ढुक्क रहेको वताउनु भएको छ। सचेतनाले कानुनी आधारमा मेलमिलाप कसरी गराउने, दुवै पक्षलाई कसरी मुल्य सिर्जना गर्न प्रोत्साहित गर्ने र दुवै पक्षलाई जीतजीतका आधारमा विवाद कसरी समाधान गर्ने सचेतनाले दक्षता दिएकोमा विश्वस्त रहेको बताउनुभयो।

प्याग नेपाल इलामका सहजकर्ताहरु प्रकाश अधिकारी, लोकप्रिय खनाल, भिम बहादुर कार्की र विमल कुमार दहालले सहजीकरण गर्नुभएको सचेतना समापन समारोहमा न्यायिक समिति सदस्य राजकुमार गड्तौला, सहजकर्ता प्रकाश अधिकारी, सहभागीहरु ध्रुब श्रेष्ठ र कुमारी माया आले मगर लगायतले मन्तव्य राख्नु भएको थियो।

माई नगरपालिकामा मेलमिलापकर्ताका रुपमा सुचिकृत भएका २० जनाको सहभागिता रहेको कार्यक्रम न्यायिक समिति संयोजक तथा उपप्रमुख हिमा भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सुचना प्रविधि अधिकृत तथा उजुरी अधिकारी दिपिका घिमिरेले गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here