करोडौँ ठगेर बेपत्ता सुन ब्यवसायी सोमराजको बिरुद्धमा २३ करोड बढीको ४२६ उजुरी

0
61

गौरादह ।

झापाको गौरादहमा बिगत २० बर्ष अगाडीदेखि सुनचाँदी व्यवसायी गर्दै आएका सोमराज विश्वकर्मा कारोबार बिग्रिएको भन्दै बेपत्ता भएपछि स्थानीय चिन्तित बनेका छ्न् ।

केही दिनअघि गौरादह १ का वडाध्यक्षलाई सामाजिक सञ्जालमार्फत एक पत्र पठाएर पछिल्लो समय आफ्नो ब्यवसायमा मन्दीको नराम्रो असर परेका कारण व्यवहार थेग्न नसकेर परिवार छोडेर हिँडेको भन्दै आफ्नो खोजी नगर्न भन्दै विश्वकर्मा सम्पर्कविहीन भएका थिए ।

गौरादहको पुरानो र सबैभन्दा ठूलो कारोबार गर्ने सुनचाँदी व्यवसायीको रूपमा कहलिएका विश्वकर्माले करौडौ ठगेर सम्पर्कविहीन भएपछि विश्वकर्माको नाममा अहिले वडा कार्यालयमा उजुरी दिनेको संख्या बढ्दै गएको छ ।

आफूले दिएको पैसा फिर्ता गराइदिन अनुरोध सहित वडा कार्यालयलाई लेखिएका ब्यहोराका पत्रहरु बिहिबार बिहानसम्म ४२६ जनाले निवेदन दिएको वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए ।
उनका अनुसार ४२६ जनाले बुझाएको निवेदनको आधारमा कूल रकम २३ करोड १३ लाख ९८ हजार ४ सय ३४ रुपैयाँ पुगेको छ । अझै पिडितको आउने क्रम रहेको उनले बताए ।

जेठ १५ गतेको मिति उल्लेख भएको बेपत्ता विश्वकर्माले आफू व्यवहार छोडी हिँडेकाले आफ्नो ब्यवहार मिलाइदिन उधोग बाणिज्य संघ र गौरादह नगरपालिका वडा नं १ का वडाध्यक्ष नगेन्द्र भण्डारीलाई लेखेको पत्र फेसबुकमार्फत सार्वजनिक भएको थियो । उनले त्यही पत्रमा उद्योग वाणिज्य सङ्घलाई लिएको र दिएको हिसाबको रेकर्डका आधारमा व्यवहार मिलाइदिन सहजीकरणको लागि आग्रहसमेत गरेका छन् ।

‘बैङ्कमा राखिएको सबै गरगहना र हिसाबको रेकर्ड राखेको छु, सोही अनुसार मिलाइदिन वडाध्यक्षलाई पनि आग्रह गर्दछु,’ विश्वकर्माले लेखेको पत्रमा उल्लेख छ । बिश्वकर्माले गौरादह नगरपालिका वडा नं २ डिपुचौक नजिकै सोम सुनचाँदी पसल नामको सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

सम्बन्धित निकायलाई जानकारी गराइ सहजीकरणका लागि सहयोग मागेको छौ : वडाध्यक्ष भण्डारी

गौरादह १ का वडाध्यक्ष भण्डारीले असार १५ गते शनिबार दिनको २ बजेतिर आफूलाई सम्बोधन गरेर पठाएको पत्र पाएको बताए। त्यसपश्चात आइतबार उनको हस्तलिखित पत्र साथमा राखेर उनी फरार भएको व्यहोरासहितको पत्र गौरादह नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र वाणिज्य संघमा पठाएको बताए।

उपमेयर जलबर्षा राजवंशी, गौरादह उधोग बाणिज्य संघका अध्यक्ष जे बि कार्की, गौरादह नगरपालिकाका पुर्व मेयर रोहित साह, पिडितका तर्फबाट रामबहादुर रोक्का र हस्तबहादुर चौहानसहित गएर हामीले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर सहयोग मागेको वडाध्यक्ष भण्डारीले बताए ।

गौरादह उधोग बाणिज्य संघका अध्यक्ष जेबि कार्कीले यस घटनामा उद्योग बाणिज्य संघले सबै सम्बन्धित निकायसँग सहकार्य गरिरहेको बताए । ‘वडामा उजुरी आउने क्रम बढिरहेको छ, धेरै ठूलो रकमको दायित्व देखिएको छ,’ उनले भने ।

अध्यक्ष कार्कीका अनुसार बिश्वकर्माले निक्षेप लिनका लागि एउटा सानो पकेट डायरी जस्तै पासबुक बनाएर क्षमताभन्दा बढी रकम उठाउने गरेको देखिएको बताए । परिवेश मिडियाबाट साभार । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here