एसईईः न्यूट्न्सको नतिजा उत्कृष्ट

0
95

 

 

बिर्तामोड, असार २१। झापाको बिर्तामोड–५स्थित न्युट्न्स एजुकेशन एकेडेमीले ०७९को एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ । विहीबार प्रकाशित नतीजा अनुसार न्यूटन्सको नतीजा उत्कृष्ट देखिएको हो ।

विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाँईका अनुसार एक सय ३८ विद्यार्थी सहभागी परीक्षामा १९ जना ए प्लस, ४७ जना ए, ३७ जना वी प्लस, २६ जना वी र ९ जना सी ग्रेडमा उत्तीर्ण भएका छन् । न्यूट्न्सले विगत बर्षदेखि नै एसईईमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।
एसईईको नतिजाप्रति खुशी व्यक्त गर्दै विद्यालयका प्रिन्सिपल हुमागाँईले उत्कृष्ट नतिजासहित उत्तीर्ण सबै विद्यार्थीमा बधाई ज्ञापन गरेका छन् । उनले आगामी दिनमा उच्च शिक्षा अध्ययनमा आफ्नो क्षमतामा अझै निखार ल्याउनका लागि विद्यार्थीलाई शुभकामना व्यक्त गरेका छन् । अहिलेको उच्चतम् सफलताका लागि सहयोग गर्ने अभिभावक, शिक्षक, कर्मचारी, शुभेच्छुक सबैप्रति विद्यालयले धन्यवाद ज्ञापन गरेको छ ।
यसैबीच असार २२ गते शुक्रवार बिहान विद्यालयले एसईईमा उत्तीर्ण सबै विद्यार्थीका लागि बधाई तथा शुभकामनाको कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here