लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

0
50

बिराटनगर।

मोरङ र उदयपुरको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको रंगेली नगरपालिका–७ स्थितमा लागूऔषध विक्री बितरण भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा कोशी प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली–६ का २४ बर्षीय शेफ खान र २८ बर्षीय दिपेश अग्रवाललाई समेतलाई ५० ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु एक थान सहित पक्राउ गरेको हो ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानिय ४२ बर्षीय किशोर चौधरीलाई १० ग्राम ब्राउनसहित पक्राउ गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here