हेवाखोलामा कहिले बन्छ बेलीब्रिज ?

0
54

फुङ्लिङ,

पाँचथरको हेवाखोलामा रहेको मोटरेबल पुल तीन साताअघि बाढीपहिराले बगाएसँगै मेची राजर्माग अवरुद्ध छ । गत असार ३ गते राति वर्षासँगै गएको बाढीपहिराले मेची राजमार्ग अवरुद्ध भएको थियो । जसका कारण ताप्लेजुङसँग अन्य जिल्लाको सडक सञ्जाल विच्छेद भएको छ ।

पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हिलिहाङसहित फालेलुङ र याङवरक गाउँपालिकासँग सडक सम्पर्क विच्छेद भएको हो । बाढीले पुल बगाएपछि बनाउन थालिएको बेलीब्रिज अझै सकिएको छैन ।

पुल बगाएकै दिन सरकारले तत्काल बेलीब्रिज हाल्ने निर्णय गरेको थियो । पुल नहुँदा ताप्लेजुङमा खाना पकाउने ग्यास, खाद्यान्नलगायका सामग्री अभाव हुन सुरु गरेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताउनुभयो ।

लामो समय राजर्माग अवरुद्ध हुँदा ताप्लेजुङमा खाद्यवस्तु तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसकेको सङ्घले जानएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here