सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगन

0
52

काठमाडौँ, 

प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ ।

आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित भएको हो ।

सङ्घीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here