सुन्दर प्रेअरी मैदानमा डुलिरहुँ जस्तो लाग्छ

0
94

पे्रअरी मैदान अमेरिकामा पर्दछ । खासमा यो विशाल घाँसे मैदान हो र यो एक पारिस्थितिक तन्त्र पनि मानिन्छ । यो मैदान मध्य उत्तरी अमेरिका भरमा रकी माउन्टेन फेदहिल्स पूर्वदेखि पर्णपाती वन–प्रेअरी सीमासम्म, मध्य क्यानाडाको एस्पेन पार्कल्याण्ड क्षेत्रबाट दक्षिणमा टेक्सास र लुजियानाको तटसम्म फैलिएको छ । यसको मूल विशेषताः यसको विशालता, लहलहता, शीतलता, हरियालीका साथै रंगीन र सौन्दर्यता रहेको छ । जसलाई हेरेर जो कोही मन्त्रमुग्ध हुन्छन् । त्यहाँ डुलिरहन मन पराउँदछन् ।

अर्को शब्दमा भन्नुपर्दा चिसो तापमानयुक्त जलवायुका साथ रकीजको आसपास, ठूलो नदी बेसिन मिसिसिपी र मिसौरीको बीचमा एक विशाल घाँसे मैदान छ, जुन प्रेअरीको रूपमा पनि चिनिन्छ । यो वास्तवमा एउटा विशाल रूखविहीन मैदान हो । यो समतल भूमि गहुँ खेती र पशुपालनको लागि पनि प्रसिद्ध छ । मध्यम तापक्रम, मध्यम वर्षा र थोरै रूखहरू भएको समतल घाँसे मैदानको विशाल भागहरु प्रेअरीहरू हुन् । जब मानिसहरू प्रेअरीको बारेमा कुरा गर्छन्, उनीहरू सामान्यतयाः उत्तरी अमेरिकाको बीचमा सुनौलो, गहुँले ढाकेको भूमिको कुरा गरिरहेका हुन्छन् ।

सामान्यतयाः प्रेअरी भनिने भूमि या मैदानहरू उत्तरी अमेरिकामा हुन्छन् । यस शब्दले क्यानाडा, संयुक्त राज्य अमेरिका र मेक्सिकोको आन्तरिक तराईको रूपमा उल्लेख गरिएको क्षेत्रलाई समेटेको छ, जसमा सबै ग्रेट समतल मैदानका साथै पूर्वमा सिमसिम भिजेको, पहाडी भूमि समावेश छन् । प्रेअरीहरू (प्रेअरी मैदानका विभिन्न खण्ड)मा विभिन्न हरिया वनस्पतिहरू र जीवजन्तुहरू हुन्छन्, प्रायः जैव विविधताद्वारा कायम गरिएको समृद्ध माटो, समशीतोष्ण जलवायु र विविध दृष्टिकोणको साथ हेरिरहौं लाग्ने गरी लहराइरहेका हुन्छन् ।

लगभग एघार सय वर्ष पहिले भएको अन्तिम हिम नदी प्रगतिको दौरान प्रेअरी मैदानको माटोको मूल भागहरु फैलिए । दक्षिणतर्फ विस्तारित हिमनदीहरूले भू–दृश्यलाई खुम्च्याए, भौगर्भिक भागहरु उठाए र भू–भागलाई समतल बनाए । लगभग दश हजार वर्ष पहिले हिम नदीहरू पछि हटेपछि त्यहाँ उच्च रकीजहरु देखा परे । हावामा आधारित लोस डिपोजिटहरू पनि प्रेअरी मैदानको माटोको लागि एक महत्वपूर्ण भाग बने । टलग्रास प्रेअरी मैदान दशौं हजारौं वर्षमा चरन र आगोको गडबडीको साथ विकसित भयो । बाइसन, एल्क र सेतो पुच्छर भएका मृग जस्ता रैथाने मृगहरू, अमेरिका माथि युरोपेली उपनिवेश हुनुभन्दा पहिले विशाल, विविध घाँसे मैदानहरूमा घुम्थे, चर्थे । प्रेअरी मैदानका आसपासमा दश हजारदेखि बीसहजार वर्षको कालखण्डसम्म रैथाने मानिसहरूले शिकार, यातायात र सुरक्षामा सहयोग पुर्याउने उपकरणको रूपमा आगोको प्रयोग गर्थे ।

प्रेअरी मैदानमा प्रमुख वनस्पतिका रुपमा ४० देखि ६० विभिन्न घाँस प्रजातिहरू पाइन्छन् । घाँसको अतिरिक्त, त्यहाँ तीन सयभन्दा बढी प्रजातिका फूल तथा बिरुवाहरू पनि पाइन्छन् । कन्सासको कोन्जा टालग्रास प्रेअरी मैदानी भागमा दुई सय पचास प्रजातिका रैथाने वनस्पतिहरू पाइन्छन् । यो ठाउँ दुई सय आठ चराहरू, २७ स्तनधारी, २५ सरीसृपहरू र ३० भन्दा बढी कीराहरूको बासस्थान पनि हो । लामो समयसम्म लगातार खडेरी पर्ने र कहिलेकाहीँ मुसलधारे वर्षा भइरहे तापनि ग्रेट प्लेन्सका घाँसे मैदानहरू ठूलो भू–क्षयको मारमा थिएनन् । रैथाने प्रेअरी घाँसको मूल प्रणालीले माटोको रन–अफ रोक्नको लागि माटोलाई बलियोसँग रोकेर रोखेको छ । जब बोट मर्यो, फंगस र ब्याक्टेरियाले यसको पोषकतत्वहरू माटोमा फर्काए । गहिरा जराहरूले देशी प्रेअरी बिरुवाहरूलाई सुख्खा अवस्थामा पनि पानीसम्म पुग्न मद्दत पुर्याए र प्रेअरी मैदान लहलहराइरह्यो ।

अन्य दुर्लभ जन्तु विलुप्त भएपछि प्रेअरी मैदानमा मुख्य शिकार गरिने जनावर मैदानी बाइसन थियो । चर्को आवाज र ठूल्ठूला तर्साउने चिजहरु हल्लाउँदै, मूल निवासीहरूले बाइसनलाई भैंसी पाउण्ड भनिने बाड़दार कलम (चक्रब्यूह)मा फँसाएर या छेकेर धनुष, वाण वा भालाले मार्दथे वा भिरबाट लडाउँथे । बाइसनलाई सामुहिक रूपमा मार्न वा घाइते बनाउन हतियार चलाउँथे । केही बाह्य कारणहरुले एक शताब्दीको समयमा बाइसनको संख्यामा लाखौंबाट केही सयमा नाटकीय गिरावट आयो र लगभग तिनीहरूको विलुप्तिको कारण बन्यो ।

युनिभर्सिटी अफ मिनेसोटाका इकोलोजिस्ट डेभिड टिलम्यानले गरेको अनुसन्धानले ‘प्रेअरी मैदानको बोटबिरुवाको उच्च विविधतायुक्त मिश्रणबाट बनेको बायोफ्यूलले वायुमण्डलबाट कार्बन डाइअक्साइड हटाएर ग्लोबल वार्मिङ कम गर्न सक्छ । बाँझो जमिनमा खेती गर्दा पनि तिनीहरूले विश्वव्यापी ऊर्जा आवश्यकताको ठूलो हिस्सा प्रदान गर्न सक्छन् र खाद्य उत्पादनका लागि उर्वर भूमि छोड्न सक्छन् । अनौठो चाहिँ के छ भने प्रेअरी मैदानका घाँसहरू मानव उपभोगको लागि प्रयोग गरिँदैन, तर प्रेअरी मैदानका घाँसहरू बाँझो माटोमा हुर्काउन सकिन्छ, माटोमा पोषकतत्वहरू थप्ने लागतलाई हटाउन सक्दछ ।

टिलम्यान र उनका सहकर्मीहरूको अनुमान अनुसार प्रेअरी ग्रास बायोफ्यूलले उर्वर भूमिमा फलेको मकैबाट इथानोलभन्दा प्रति एकड ५१ प्रतिशत बढी ऊर्जा उत्पादन गर्दछ । सामान्यतयाः प्रयोग गरिने केही वनस्पतिहरू लुपिन, ठूलो ब्लुस्टेम (टर्की फुट), प्रज्वलित तारा, स्विचग्रास र प्रेअरी क्लोभर हुन् ।

प्रेअरी मैदानमा पाइने पशु प्रजातिहरूले प्रेयरी इकोसिस्टमको कृषि मूल्यमा योगदान पुर्याउँछन् । विशेष गरी बाइसन प्रेयरी मैदानको मूल पशु हुन् । बाइसन उत्तरी अमेरिकाको सबैभन्दा ठूलो जमिनमा बाँच्ने स्तनधारी जनावर हो । तिनीहरूसँग साना र तिखा खुरहरू हुन्छन् । खुरहरूले हलोले जोते जस्तै गरेर माटोलाई खन्दछन् । यसले माटोलाई वास्पीकरण गर्दछ र अधिक पानी सञ्चित गर्न माटोलाई सघाउँदछ । पानीले सिञ्चित भएका कारण नै प्रेअरी मैदान उर्वर पनि छ । प्रेअरी मैदान कृषिको लागि आदर्श मानिन्छ । उत्तर अमेरिका स्थित यो प्रेअरी मैदान दुई मिलियन एकड जमिनमा फैलिएको छ ।

(सामग्रीहरु अध्ययनबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here