नमूना सामुदायिकमा वृक्षारोपण शुरु

0
136

अर्जुनधारा ।

 

झापाको अर्जुनधारा–९ स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहले शनिबारदेखि वनको खाली जमिनमा वृक्षारोपण गर्ने कार्य शुरु गरेको छ ।

समूहको कार्यालय परिसरमा अध्यक्ष जागिरमान राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

समूहले प्रारम्भिकरुपमा समूह अन्र्तगत १ नं. ब्लकमा रहेको बिहीबारे बजार र कार्यालय परिसरमा अमला, अशोका, कपुर, दालचिनी, समी आदिको ७० वटा बिरुवा रोपेको अध्यक्ष राईले जानकारी दिए ।
अध्यक्ष राईका अनुसार
आगामी दिनमा समूह अन्र्तगत ब्लक नं. १ र २को अनुमानित तीन विघा जमिनमा एक हजार वटा बिरुवा वृक्षारोपण गर्ने समूहको लक्ष्य रहेको छ ।

उक्त कार्यक्रमको लागि स्थानीय सुखानी शहीद स्मृति उद्यान, आबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कालिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, लालीगुँरास महिला कृषि सहकारी संस्था लिमिटेड, भूवनेश्वर शिव पाञ्चायन आनन्द धाम र आरोसी किराना पसलबाट बिरुवाहरु प्राप्त भएको बताइएको छ ।

कार्यक्रममा नगर सामुदायिक वन उपभोक्ता महासंघ अर्जुनधाराका अध्यक्ष भानुभक्त श्रेष्ठ, कालिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष कर्णबहादुर तामाङलगायतले आफ्नो धारणा राखेका थिए । समूहकी उपाध्यक्ष टीकामाय गौतमले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव मोहनप्रसाद चम्लागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here