खोलाबाट अवैध रुपमा गिटी बालुवा निकाल्नेचार वटा ट्याक्टरलाई जरिवाना

0
49

पथरी शनिश्चरे ।

मोरङको कानेपोखरी गाउँपालिकाद्वारा चिसाङ खोलाबाट अवैध रुपमा गिटी बालुवा निकाल्ने चार वटा ट्याक्टरलाई जरिवाना गराइएको छ ।

शुक्रबार गाउँपालिकामा पक्राउ परेका ति ४ वटा ट्याक्टरहरूले १५ हजारको दरले ६० हजार रुपैयाँ जरिवाना तिरेका हुन् । गाउँपालिकाका प्रहरी प्रमुख युवराज भूजेलको नेतृत्वको टोलीले विहिबार राति ८ बजे चिसाङ नदिमा लोड गर्दा गर्दै पक्राउ गरेको थियो ।

सोहि गाउँ पालिकाको वडा नं ५ का प्रकास मगरको को २ त ३८५, योगेश अधिकारीको को २ त ११६९, राम तामाङको प्र। नं १–०२–००३ त र सविन मगरको को २ त ६९९२ नम्बर को ट्याक्टरहरु लोड गर्दा गर्दै पक्राउ परेका थिए ।

खोला असार १ गतेदेखि बन्द रहेको छ । त्यहाँबाट पछिल्लो समयमा रातारात गिटी बालुवा अवैध रुपमा निकाल्ने गरेको सूचना पाएपछि नगरप्रहरीले रात्रीकालिन गस्ती परिचालन गर्दै आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here