पशुपति माध्यमिक विद्यालय बाह्रदशी जिल्लाकै सर्बाेत्कृष्ट बन्यो

1
141

झापा, हालै सार्बजनिक भएको एसईई परीक्षामा पशुपति माध्यमिक विद्यालय बाह्रदशी ३ राजगढ जिल्लाकै सर्बाेत्कृष्ट भएको छ । यो विद्यालयमा अध्ययनरत छात्र येमन दाहाल र सुरक्षा भट्टराईले सर्बाेत्कृष्ट जीपीए हासिल गर्दै जिल्ला प्रथम गरेका हुन् । उनीहरुले ३.९६ जीपीए ल्याएको विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहालले जानकारी दिए । प्रधानाध्यापक दाहालका अनुसार परीक्षामा सहभागी मध्ये १२ जना विद्यार्थीले ३.६० माथि जीपीए हासिल गर्दै इसईई परीक्षा उत्तीर्ण गरेका छन् ।
झापाको बिर्तामोड– २ रामचौकस्थित मोहनमाया माध्यमिक विद्यालय एसईई परीक्षामा जिल्लाकै उत्कृष्ट भएको दावी गरेपनि मोहनमायालाई पछि पार्दै पशुपति माध्यमिक विद्यालयका विद्यार्थीद्वयले जिल्ला ‘टप’ गरेका हुन् विद्यालयमा प्रधानाध्यापक दाहालले भने – मोहनमाया माविबाट धेरै विद्यार्थी पास भएका होलान् तर जिल्ला फष्ट चाँहि होइन ।
एसईईमा जिल्ला फष्ट गर्ने विद्यार्थीद्वय बाह्रदशी गाउँपालिका – ३ स्थित राजगढमा हुन् । उनीहरु मध्ये येमन दाहाल पशुपति मावि राजगढका प्रधानाध्यापक थीरकुमार (कुमार दाहाल) का छोरा हुन भने सुरक्षा भट्टराई गोपाल भट्टराईकी छोरी हुन् । गोपला पेशाले पण्डित हुन् ।
पशुपति मावि राजगढले यस वर्ष संस्थागत विद्यालयहरुलाई समेत पछाडि पारेको छ । एसईईमा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराएर पशुपतिले रेकर्ड राखेको हो – विद्यालयका प्रधानाध्यापक दाहालले भने । झापामा संस्थागततर्फ २३९ र सामुदायिकतर्फ १२७ गरी जम्मा ३६६ वटा माध्यमिक विद्यालय छन् । झापाका ७१९ जना विद्यार्थीले ३.६०देखि ४ जीपीए ल्याएका छन् ।

1 COMMENT

  1. Before posting the News check with ensure the news is correct and authenticated. There are other students also who score 3.96 from Jhapa Ghailadubba High school student also got 3.96 GPA. Dont make falls news.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here