‘सुकिला मान्छेको सामूहिक मृत्यु’ माथि विर्तामोर्डमा चर्चा

0
120

बिर्तामोड ।

कवि राजेश ढुंगानाको कविता संग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ माथि शनिबार विर्तामोर्डमा चर्चा गरिएको छ ।

कार्यक्रममा वक्ताको रुपमा भवानी क्षेत्री, पुण्य बराल र लेखनाथ भट्टराई उपस्थित थिए भने पत्रकार लीला अनमोलले सहजिकरण गरिन् । त्यस्तै पुन्य खरेल, लीला उदासी एवं गणेश निरौलाले टिप्पणी गरे ।

नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार विजय खरेलको स्मृतिमा शोकसभा समेत गरिएको थियो ।

झापाली लेखक, साहित्यकारको गुणात्मक एवं बाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन समीरबाबु कट्टेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here