मोरङ र झापामा व्यवसायीको अनुगमन, भारतीय कुखुरा जीपसहित बरामद

0
107

झापा ।

नेपाली बजारमा कुखुरा जन्य बस्तुको मूल्य बढेपछि भारतीय प्रतिवन्धित अवैध कुखुराको तस्करी बढेको छ । रोग परीक्षणबिना भारतबाट दिनहुँ ब्रोइलर कुखुरा भित्रिँदा मानव स्वास्थ्यमा असर पर्ने सम्भावना उच्च रहेको सरोकार राख्ने निकायले बताएका छन् ।

भारत संग सिमाना जोडिएका झापा, मोरङ र सुनसारीका विभिन्न नाका हुुँदै कोशी प्रदेशका साना तथा ठुला सहरहरुमा प्रतिवन्धित भारतीय कुखुराको अवैध आयात हुँदै आएको जिल्ला कुखुरा व्यवसायी संघ झापाले जनाएको छ । संघका झापा सदस्य घनस्याम निरौलाका अनुसार ब्रोइलर कुखुराको तयारी मासु, जिउँदो कुखुरा र अण्डा नेपालमा अबैध रुपमा भित्रिँदै आएको छ ।

नेपाली बजारमा कुखुराको मूल्य बढेको मौका छोपेर बिचौलियाहरूले भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने गरेका छन् । तस्करहरूले नेपालकै कुखुरा भएको दाबी गर्छन् । यद्धपी झापा, मोरङ र सुनसारी हुँदै यी जिल्लाका नाकाबाट अवैध रुपमा निकासी हुने ब्रोइलर कुखुरालाई बैधानिकता प्रदान गर्न बिचौलियाले फर्जी विल नियमनकारी निकायलाई देखाउने गरेका छन् ।

भारतबाट नेपाल भित्र्याउँदा साईकल र मोटर साईकलमा उभिण्डो पारेर अवैध आयात गरिएका कुखुरा नेपाल सम्म आईपुग्दा शिथिल र घाईते अवस्थाको हुने गरेको पशु क्वारेन्टाईन विराटनगरले जनाएको छ । क्वारेन्टाईनका सूचना अधिकारी समेत रहेका पशु चिकित्सक अरविन्द कुमार राजधोवीले दुर्घन्धित, घाईते र शिथिल अवस्थाका कुखुरा जन्य बस्तुको उपभोग मानव स्वास्थ्यका लागि हानिकारक हुने बताए ।

भारत संग सिमाना जोडिएका झापा, मोरङ र सुनसरीका दक्षिणी ईलाकाबाट तस्करहरूले ल्याएका कुखुरा पनि नेपालकै कुखुरा भएको दाबी गर्ने गरेका छन् । तस्करले अवैध बस्तुलाई वैधानिकता दिन हरतरहको कागजी विल भपाई मिलान गर्ने गरेका छन् ।

नेपालको तुलनामा भारतीय सरकारले दिएको सुविधाका कारणले सस्तोमा उत्पादन भएका भारतीय उत्पादन संग नेपाली उत्पादनले मुल्यमा प्रतिस्पर्धा गर्न नसक्ने व्यवसायीले बताउँदै आएका छन् ।स्थानिय व्यवसायीहरूले पालेका कुखुरा बिक्री गर्दा भारतबाट अवैध रूपमा भित्र्याउने तस्करहरूले सस्तो मूल्यमा बिक्री गरिदिँदा नेपाली व्यवसायी मर्कामा परेको जिल्ला कुखुरा उत्पादक व्यवसायीक संघ झापाका अध्यक्ष विवेक निरौलाले बताए ।

भारतबाट अवैध रूपमा आयात हुने कुखुरामा बर्डफ्लूको सम्भावना बढी हुने भएकाले नेपाली कुखुराको मासु नै सेवन गर्न चिकित्सकले सल्लाह दिएका छन् । भारतबाटबिनापरीक्षण अबैध आयात गरिने भारतीय कुखुराको मासु नखान दमक नगरपालिकाका प्रमुख राम थापाले नगरबासीमा आग्रह गरेका छन् ।

भारतीय र नेपाली उत्पादनका कुखुरामा प्रष्ट भिन्नता हुने नेपाली व्यवसायीले बताए । भारतीय कुखुरा ‘कब’—४०० जातको हुन्छ । यो जात भारतीय नै हो । भारतीय ब्रोइलरको पहेँलो खुट्टा हुने, छातिमा मासु कम र अग्लो प्रकृतीको हुने हुन्छ । यता नेपालमा उत्पादन हुने कुखुरा अमेकिरी नश्लको ‘कब’ ५०० जातको हुन्छ । नेपालका उत्पादन भएका कुखुराको छातीमा मासु धेरै हुने र चेप्टो प्रकृतीको हुन्छ । यो कुखुराको कुट्टा सेतो र छोटो हुने गरेको नेपाली पोल्ट्री व्यवसायीहरुले बताएका छन् ।

यसैविच भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको प्रतिवन्धित कुखुरा मोरङको रतुवामाईमा बरामद भएको छ । इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरिक्षक ढुन्डीराज गिरीको कमाण्डमा परिचालन भएको प्रहरी टोलीले मे १ च १९८१ नम्बरको टाटा पिकअप र १३९ साथ जिउदो भारतीय कुखुरा बरामद गरेको हो ।

बरामद गरिएको कुखुरालाई स्थानिय जनप्रतिनिधि, कुखुरा व्यवसायी, प्रहरी र पत्रकारको रोहवरमा नष्ट गरिएको प्रहरी निरीक्षक ढुण्डी गिरीले बताए । बरामद भएका कुखुरा मोरङको डायनिया स्थित सिक्टी नाकाबाट ल्याईएको त्यसमा संलग्न अवैध कारोवारी रमेश भट्टराईले बताए । भट्टराई केही दिन यता भारतीय प्रतिवन्धित कुखुराको अवैध आयात गर्ने र झापा दमकका व्यवासयीलाई नेपालकै ब्रोइलर कुखुरा भएको बताउँदै विक्रि गर्ने गरेका थिए ।

प्रहरीलाई भट्टराईले दिएको बयानका आधारमा स्थानीय शसस्त्र प्रहरी र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले विश्वकर्मा गाँउमा लुकाई छिपाई भारतीय कुखुराको भण्डारण गरेको फेला पारेको थियो । रहमान पोल्ट्री फार्मका संचालक नविहसन मिँयाले ति कुखुरा भारतबाट साईकल र मोटर साईकलमा अवैध तस्करी गरि ल्याएका तस्कर संग खरिद गरेर झापा, मोरङ र सुनसरीका बजार होटल सम्म पुर्याउने गरेको भट्टराईले प्रहरी संग बयान दिए। उनका अनुसार प्रतिदिन कम्तिमा १५ वटा पिकअपमा कुखुरा नेपाली बजारमा भित्रिने गरेको छ ।

डायनिया क्षेत्रबाट निकासी हुने अधिकांस कुखुरा भारतीय भएको स्थानीयले बताए । ति कुखुरा रंगेली सुनवर्सी हुँदै मोरङको पथरी, उर्लाबारी, मधुमल्ला, दमक सम्म आउने गरेको उनले जानकारी दिए ।

यता झापाका व्यवसायीेले दमक नगर प्रमुख राम थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै स्थानिय स्तरमा भारतीय अस्वस्थ्यकर मासुको विक्रि वितरणमा तत्काल रोक लगाउन माग गरेका छन् । व्यवसायीले त्यसको नियमित अनुगमन गर्नपनि माग गरेका छन् ।

व्यवसायीको ध्यानाकर्षण पत्र बुझ्दै सरोकारबाल निकायका प्रतिनिधि संगको आकस्मिक बैठकमा नगर प्रमुख थापाले बजारको नियमित अनुगमन र सार्वजनिक सूचना समेत गर्ने निर्णय भएको बताए ।

नगरको पशु विकास शाखा, खाद्य तथा गुणस्तर शाखा, ईलाका प्रशासन कार्यालय दमक, ईलाका प्रहरी कार्यालय, स्थानिय पत्रकार सहितको टोलीले दमक बजारको आकस्मिक अनुमगन गरेको थियो ।

अनुगमनका क्रममा दमक ७ स्थित नासिर स्टोरमा पुगेको टोलीले भन्डारण गरिएका करिव ४५० ब्रोइलर कुखुरा फेला पारेको थियो । ति कुखुरा आफुले सप्तरीको कठौनाबाट खरिद गरेको उनले दावि गरे ।

तर, उनको साथमा खरिद विल र क्वारेन्टाइको प्रमाण पत्र नरहेको पशु सेवा कार्यालय दमकका प्राविधिक विपु अधिकारीले बताए । व्यवसायइले भने नासिर स्टोर का प्रोपाईटर इदिृस सिद्धिकीले भारतीय कुखुराको अवैध कारोवार गर्ने गरेको दावि गरेका छन् । ‘उनको स्टोरमा भएका कुखुरा घाईते, अशक्त, दुर्घन्धित र ‘कब’ ४०० संग मिल्ने भएकाले भारतीय नै भएको पुष्टि हुन्छ,’ व्यवसायी जीया मियाँले भने ।

‘उनको स्टोरमा भएका कुखुरा ‘कब’—४०० जातको हो,उर्लाबारीका विके वहुउद्देस्यीय कृषी फर्मका संचालक खगेन्द्र लिम्बुले भने ‘यो जात भारतीय नै हो । भारतीय ब्रोइलरको पहेँलो खुट्टा हुने, छातिमा मासु कम र अग्लो प्रकृतीको हुन्छ ।’

यसैविच आन्तरिक राजश्व कार्यालय दमकले नासिर स्टोरको खरिद र विक्रि विल जफत गरेर अनुसन्धान सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here