झापामा ‘गाई ब्लक विकास’ कार्यक्रम

0
45

झापा,

प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत सञ्चालित ‘गाई ब्लक विकास’ कार्यक्रम जिल्लामा प्रभावकारी बनेको छ ।आर्थिक वर्ष २०७८/०७९ देखि सुरु भएको सो कार्यक्रम चालु आर्थिक वर्षसम्म रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले बताउनुभयो ।

उहाँले किसानलाई यस कार्यक्रममार्फत गाईको दूध बेचेरै जीविकोपार्जन गर्नसमेत मद्दत गरेको बताउनुभयो । उहाँले इलाम र झापा गरी दुई सहकारीमार्फत यो कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

अर्जुनधारा नगरपालिका–१ खुदुनाबारीका अधिकांश किसानले सोही कार्यक्रममार्फत गाईको दूध बेचेरै जीविकोपार्जन गरिरहेका छन् । उनीहरुलाई हाम्रो स्वालम्बी उद्यमी महिला सहकारी संस्थाले दूध खरिद गरेर सहयोग गरेको छ । सहकारीमार्फत नै प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गतको ‘गाई ब्लक विकास कार्यक्रम’ समेत सञ्चालन भइरहेको छ ।

गाई ब्लक विकास कार्यक्रम सञ्चालनका लागि केन्द्रले पहिलो वर्ष रु ७० लाख र दोस्रो वर्ष रु ३० लाख गरी रु एक करोड अनुदानसमेत प्रदान गरेको छ । सो रकम सहकारीले किसानलाई गाई गोठ निर्माण, उन्नतजातका गाई खरिद, मिल्क एनलाइजरलगायतका औजार खरिदका लागि अनुदान प्रदान गरेको केन्द्रकी प्रमुख शीतल भट्टराईले बताउनुभयो ।

विसं २०७५ देखि सञ्चालन गरिएको सहकारीले पालिका र वडाको आर्थिक सहयोगमा २०७७ सालमा दूध सङ्कलन केन्द्र सुरु गरेको थियो । पालिकाले रु आठ लाख र वडाले रु दुई लाख सहयोग प्रदान गरेपछि दूध सङ्कलन केन्द्र सुरु गरिएको सहकारीकी व्यवस्थापक सुशीला तामाङले बताउनुभयो ।

“सुरुमा केन्द्रमा ३५ लिटर मात्र दूध सङ्कलन हुन्थ्यो”, उहाँले भन्नुभयो, “गाई ब्लक सञ्चालन गरेसँगै अहिले दैनिक एक हजार लिटर बढी दूध सङ्कलन हुन्छ ।” उहाँले हाल वडा नम्बर १ का हरेक घरमा दुईदेखि १० वटासम्म उन्नत जातका गाईपालन भइरहेको बताउनुभयो । सुरुमा नुन तेलका लागि मात्र दूध बेच्न किसानको अहिले जीविकोपार्जन नै यसैबाट भएको उहाँले बताउनुभयो ।

उहाँले सोही कार्यक्रमअन्तर्गत ४४ जना किसानलाई आधुनिक गोठ निर्माणमा, ३९ जना किसानलाई उन्नतजातको गाई खरिदका लागि रकम उपलब्ध गराएको बताउनुभयो । व्यवस्थापक तामाङले किसानले उत्पादन गरेको दूध सहकारीले घरघरबाटै रु ६० देखि ८० सम्ममा खरिद गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मिल्क एनलाइजर लगाएर हेर्छौं सोही अनुसार किसानले दूधको मूल्य पाउनुहुन्छ ।” सहकारीले आफ्ना शेयर सदस्यलाई समेत गाईपालनका लागि ११ प्रतिशत ब्याजदरमा रु दुई लाखसम्म ऋण लगानी गर्दै आएको बताउनुभयो ।

उहाँले सहकारीले सङ्कलन गरेको दूध मेचीनगर नगरपालिकामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित ‘एनएमसी डेरी’लाई बि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here