इन्धनको अत्याधिक प्रयोगलाई न्यूनिकरण गर्न विद्युतीय चुल्हो वितरण

0
90

अर्जुनधारा ।

इन्धनको अत्याधिक प्रयोगलाई न्यूनिकरण गर्दै विद्युतको खपतलाई वृद्धि गर्ने उद्देश्यले अर्जुनधारा–७ नं. वडा कार्यालयले बुधबार एक कार्यक्रमकोबिच विद्युतीय चुल्हो वितरण गरेको छ ।

वडा कार्यालयको सभाहलमा वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा २९ वटा चुल्हो वितरण गरिएको कार्यालयकी वडा सचिव सस्मिता लुँइटेलले जानकारी दिइन् ।

८०–२०को लागत साझेदारीमा वितरण गरिने चुल्होको लागि खुलारुपमा आव्हान् गरिएको चुल्हो वितरण कार्यक्रम अन्र्तगत वडा कार्यालयमा एक सय १० जनाको निवेदन परेको थियो । निवेदन परेकामध्ये अर्जुनधारा जलेश्वर धामलाई उपस्थित सबैको सहमतिमा एक थान र बाँकी २८ थानको लागि गोलाप्रथाबाट लाभग्राही छनौट भएका हुन् ।

चुल्हो प्राप्त गर्ने लाभग्राहीहरुमा अग्निप्रसाद दुलाल, अमृत बस्नेत, अम्बिका पोखरेल, उमानाथ रिमाल, कमल भण्डारी, गीता दनुवार, चर्तुभूज काफ्ले, दिलकुमारी कार्की, दिलीप भण्डारी, दिक्षा लोहार, दुर्गा विष्ट, दुर्गाप्रसाद खड्का, नविन दाहाल, पुण्यदेवी तिम्सिना रहेका छन् ।

त्यसैगरी प्रेमप्रसाद खरेल, बिमला काफ्ले, भूपेन्द्र शिवाकोटी, मनोज भण्डारी, माया तामाङ, मेघराज खनाल, राजेन्द्र गौतम, लालबहादुर मगर, वासुदेव पौडेल, संगिता दुलाल, सुमित्रा राजवंशी, सुरेश अधिकारी, हरिप्रसाद निरौला र हीमादेवी राया रहेका छन् ।

वडा सदस्यद्वय पार्वतादेवी न्यौपाने र हरिबहादुर कटुवाललगायतले चुल्हो वितरण गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का वडा सदस्य देवकुमार राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here