लागूऔषध ब्राउनसुगर सहित चार जना पक्राउ

0
55

विराटनगर ।

प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापा र मोरङ छुट्टाछुट्टै चार जनालाई पक्राउ गरेको छ ।

झापाको दमक नगरपालिका–९ स्थिति प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलिले मेचीनगर नगरपालिका–७ का ४२ वर्षीयालाई ८ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

त्यस्तै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी कार्यालय, सुन्दरहरैँचा नगरपालिका–१० का २६ वर्षीय सुमन कोइराला र बेलबारी नगरपालिका–३ की २५ वर्षीया ज्योति तामाङलाई १ ग्रामसहित पक्राउ परेका छन् ।

७० मिलीग्राम ड्रग ब्राउन सुगर प्रतिबन्धित लागूऔषध ट्रामाडोल २९० क्याप्सुल र स्प्यान २९० क्याप्सुलसहित अस्थायी प्रहरी चौकी मङ्गले मोरङबाट खाटिको प्रहरी चौकी रंगेली–२ का २३ वर्षीय विजय खवसलाई बरामद भएको छ ।

पक्राउ परेकामाथि सम्बन्धित प्रहरी चौकीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here