हरियाली सामुदायिक वनको प्रथम साधारणसभा

0
46

पथरी शनिश्चरे,

मोरङको पथरीशनिश्चरे वडा नं. २ मा रहेको हरियाली सामुदायिक वन लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ ।

विहीबार प्रमुख अतिथि पथरीशनिश्चरे वडा नं. २ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य नैना राईको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रम कम्पनीका अध्यक्ष अशोक साम्पाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभामा आर्थिक वर्ष २०७८/ ०७९ को प्रगति प्रतिवेदनमा ३ लाख १ हजार ३ सय ७० रूपैयाँ प्रसासनिक खर्च, आय–व्यय अन्तर्गत क्रमशः बैंक ब्याज आम्दानी २ लाख ६७ हजार ८ सय ८८ रूपैयाँ, प्रसासनिक खर्च ४ लाख ६० हजार ८ सय ४३ रूपैयाँ रहेको अध्यक्षले प्रस्तुत गर्नुभएको थियो ।

सम्पूर्ण उपभोक्ताहरूसँग राय सुझाब, सल्लाह लिईएको सो कार्यक्रममा शुभकामना मन्तव्य नगरपालिकाका शिक्षा समिति सदस्य भद्रमान विश्वकर्मा, हरियाली कम्पनीका संस्थापक अध्यक्ष देविप्रसाद भेट्वाल, हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगर (विकास)ले राख्नुभएको थियो ।

सो सामुदायिक वन लिमिटेडमा ८ सय ६३ जना शेयर सदस्य रहेका छन् । सो कार्यक्रम हरियाली सामुदायिक वन लिमिटेडका सदस्य गणेश बाछानाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here