दलाई लामा चीनसँग वार्ता गर्न तयार, भन्छन- ‘तिब्बतकाे स्वतन्त्रता मागेका छैनाैं’

0
57

तिब्बत,

तिब्बती धर्मगुरु दलाई लामाले तिब्बतीहरुको समस्यामा चीनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् । चिनियाँहरू पनि दलाइ लामालाई “आधिकारिक वा अनौपचारिक रूपमा” सम्पर्क गर्न चाहन्छन्।

‘अहिले तिब्बती जनताको मनोबल निकै बलियो भएको महसुस चीनले पनि गरेको छ, त्यसैले तिब्बती समस्याहरू समाधान गर्न उनीहरू मसँग सम्पर्क गर्न चाहन्छन्, म पनि तयार छु ।’ उनले भने ।

दिल्ली र लद्दाख जानुअघि हिमाचलको धर्मशालामा पत्रकारहरूसँग कुरा गर्दै दलाई लामाले यस्तो अभिव्यक्ति दिएका हुन् । पत्रकारहरूले सोधे कि के चीनसँग वार्ता पुनः सुरु गर्न चाहनुहुन्छ ? यस प्रश्नको जवाफमा दलाई लामाले भने, ‘हामीले स्वतन्त्रता माग्‍दैनौँ, हामीले धेरै वर्षदेखि जनवादी गणतन्त्र चीनको हिस्सा रहने निर्णय गरेका थियौँ…अब चीन परिवर्तन हुँदैछ । चिनियाँहरू मलाई सम्पर्क गर्न चाहन्छन्- आधिकारिक वा अनौपचारिक रूपमा र म पनि तयारी अवस्थामा रहेकाे छु ।’

दलाई लामाले ६ जुलाईमा आफ्नो ८८ औं जन्मदिन मनाएका थिए। आफ्नो निवास नजिकैको धर्मशालामा रहेको मुख्य तिब्बती मन्दिर परिसरको पनि भ्रमण गरे। कार्यक्रममा भेलालाई सम्बोधन गर्दै दलाई लामाले भने, ‘म तिब्बतमा जन्मेको र मेरो नाम दलाई लामा हो तर तिब्बतको हितका लागि काम गर्नुका साथै सबै भावुक प्राणीको हितमा काम गरिरहेको छु ।

‘म कसैसँग रिसाएको छैन, तिब्बतप्रति कठोर अडान लिने चिनियाँ नेताहरूसँग पनि होइन। वास्तवमा चीन ऐतिहासिक रूपमा बौद्ध राष्ट्र हो। मैले त्यहाँ धेरै मन्दिर र गुम्बाहरू देखेको छु,’ उनले भने ।

दलाई लामाले यसअघि भनेका थिए कि चीनका अधिकांश मानिसहरूले आफू चीन भित्र स्वतन्त्रता खोजिरहेका छैनन्, तर अर्थपूर्ण स्वायत्तता र तिब्बती बौद्ध संस्कृतिको संरक्षण खोजिरहेका छन् भन्ने कुरा बुझेका छन्।

गत वर्ष जम्मु–कश्मीर र लद्दाखको भ्रमणका क्रममा उनले जम्मुमा पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘चिनियाँ जनताले होइन, केही चिनियाँ कट्टरपन्थीहरूले मलाई पृथकतावादी ठान्ने गरेका छन् ।’

दलाई लामाले स्वतन्त्रता नभई चीनभित्र स्वायत्तता र तिब्बती बौद्ध संस्कृतिको संरक्षण खोजिरहेका छन् भन्ने कुरा अहिले धेरै चिनियाँहरूले महसुस गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here