शिक्षक तालिमको नाममा लाखौं असुलेर सम्पर्कविहीन

0
53

रञ्जित परियार,
अर्जुनधारा ।

एजुकेशन डेभलपमेन्ट प्रोग्राम नामक एक संस्थाले बाल विकास शिक्षकहरुको तालिम सञ्चालन गर्ने भन्दै लाखौं रकम असुलेको रहस्य खुलेको छ ।

२०८० साल बैशाख १६ गते चन्द्रगढीमा तालिम आयोजना गर्ने भन्दै २०७९ फागुनबाटै सहभागी गराइदिन संस्थामा आवद्ध भएको बताउने सागर चौधरी विद्यालय आएका थिए ।

बाल शिक्षकहरुको घर–घर पुगी तालिममा सहभागी हुन प्रतिव्यक्ति रु. १३५० शुल्क लिएको र तालिमका लागि पटक–पटक सम्पर्क गर्दा सम्पर्क हुन नसकेको बालशिक्षक मुना मुखियाले बताइन् ।

उनले तालिममा सहभागी सबै शिक्षकलाई समापनका दिन शैक्षिक सामग्रीसहित सो शुल्क फिर्ता हुने बताएका थिए । विद्यालयमा तीनपटकसम्म आएर अनुरोध गरेपछि तालिममा केही सिकाइ हुन्छ भन्ने ठानेर एक जना बाल शिक्षकलाई सहभागी गराउन शुल्क बुझाएको प्रधानाध्यापक विश्व थापाले बताए ।

अहिले ती व्यक्तिको मोबाइल स्वीचअफ छ, उनी सम्पर्कबिहीन छन् । बाह्रदशी गाउँपालिकाका पीडित शिक्षकहरूले प्रहरीमा समेत जानकारी गराएको बताइएको छ । त्यसैगरी चौधरीले अर्जुनधारा, बिर्तामोड, मेचीनगर नगरपालिका लगायतका सयांै बाल शिक्षकहरूबाट रकम असुलेको खुल्न आएको छ ।

यस्ता व्यक्तिको खोजी गरी कार्वाही गर्न बालशिक्षकहरुले सम्बन्धित निकायलाई अनुरोध गरेको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here