प्याब्सन अर्जुनधाराको आन्तरिक मूल्याङ्कन अभिलेखिकरण तालिम सम्पन्न

0
74
अर्जुनधारा । 
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) अर्जुनधाराको आयोजनामा शनिबार एक दिने आन्तरिक मूल्याङ्कन अभिलेखिकरण तथा लेटर ग्रेडिङ तालिम सम्पन्न भएको छ ।
विद्यालयका संस्थापक एवम् प्रधानाध्यापकहरुलाई वर्तमान पाठ्यक्रम, पाठ्यपुस्तक, विशिष्टिकरण तालिम तथा परीक्षा प्रणाली सम्बन्धी जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौलाले बताए ।
प्याब्सनका अध्यक्ष सिटौलाको अध्यक्षतामा आयोजित उक्त तालिमको प्रमुख अतिथि प्याब्सन पूर्व केन्द्रीय सदस्य मोहन सुब्बाले उद्घाटन गरेका थिए । प्रशिक्षक मेचीनगरस्थित कविशिरोमणि माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दामोदर ढुङ्गेलले प्रशिक्षण दिएको तालिममा २७ जना बढीको सहभागिता रहेको थियो ।
तालिममा शिक्षण सिकाइका लागि आवश्यक पर्ने आधारभूत सामग्रीहरु, राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, मूल्याङ्कनका आधारहरुलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । अध्यक्ष सिटौलाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको उक्त कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here