खुदुनावारीमा नृत्य प्रशिक्षण केन्द्रको उद्घाटन

0
99
अर्जुनधारा । 
झापाको अर्जुनधारा–३ खुदुनावारीस्थित दी वल्र्ड डान्स कम्पनी एण्ड साउड सर्भिसले सञ्चालन गरेको नृत्य प्रशिक्षण केन्द्रको एक कार्यक्रमकोबिच उद्घाटन गरिएको छ ।
“आफूभित्रको प्रतिभालाई सही मञ्च दिउँ” भन्ने मुख्य नारासहित सर्भिसका सञ्चालक मनिकुमार विश्वकर्माको अध्यक्षतामा आयोजित उक्त केन्द्रको प्रमुख अतिथि स्थानीय न्यू होप अङग्रेजी माध्यमिक विद्यालयका संस्थापक बालगोपाल गौतमले उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी खुदुनावारी उपशाखाका सभापति मुकुन्द भण्डारी, युथ अफ खुदुनावारीका उपाध्यक्ष मदन गिरीलगायतले मन्तव्य राखेका थिए ।
सञ्चालक विश्वकर्माले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कलाकार शिवलाल सेढाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here