पथरीमा बिहानै चोरी : अनुसन्धानमा सहयोग पुर्याउन प्रहरीद्वारा अनुरोध

0
51

पथरीशनिश्चरे,

पथरीशनिश्चरे न.पा. १ बि.पि. चोकमा रहेको रोजा श्री सुनचाँदी तथा मनि ट्रान्सफरमा बिहान चोरी भएको छ।

शनिबार बिहान ८:२५ बजेको समयमा उक्त पसलका संचालक कुमार श्रेष्ठको आफ्नै घरको तेस्रो तल्लामा सिटिङ हलमा रहेको टेवलमाथि राखिएको सानो नोकिया मोबाईल १थान , लेदरको पर्स १ थान, उक्त पर्स भित्र रहेको ATM कार्ड-५ थान, क्रेडिट कार्ड थान-२, लाईसेन्स , भिसा कार्ड थान-२ र नगद रू. १५हजार रूपैयाँ समेत चोरी भएको हो ।

उक्त समयमा CCTV फुटेजमा देखिएको व्यक्तिको गतिविधि संकास्पद देखिएकोले CCTV फुटेजमा देखिएको व्यक्तिको सम्बन्धमा जानकारी दिन ईलाका प्रहरी कार्यालय पथरीले सबैमा अनुरोध गर्दै नजिकको प्रहरी कार्यालयमा जानकारी दिई अनुसन्धान कार्यमा सहयोग पुर्‍याई दिन समेत अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here