एम्वुलेन्स सञ्चालन र आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने सम्झौता

0
118

छविराज ढकाल,
पथरीशनिश्चरे ।

पथरी शनिश्चरे नगरपालिका र इन्ट्रा फाउण्डेन्सन नेपाल बीच एम्वुलेन्स सञ्चालन र आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाका लागि सम्झौता भएको छ ।

आईतबार नगरपालिकाद्वारा संचालित पथरी नगर अस्पतालको मातहतमा रहने गरी भुटानी शरणार्थी शिविरवासीहरुलाई लक्षित र प्राथमिकतामा राखेर एम्वुलेन्स व्यवस्थापन र संचालनका लागि सम्झौता भएको हो ।

भुटानी शरणार्थी सहायता तथा विश्वव्यापी नेपाली भाषा, कला, संस्कृति सम्बद्धन तथा प्रवद्रधन परियोजना अन्तर्गत एम्वुलेन्स सेवा स्वास्थ्य सेवा केन्द्रमा नै राख्ने गरी शरणार्थी शिविरमा रहेका व्यक्तिहरुलाई निःशुल्क सेवा उपलब्ध गराउने भएको छ ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख मोहनप्रसाद तुम्वापो र इन्ट्रा फाउण्डेनको तर्फबाट उपाध्यक्ष भूपालमान अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

उक्त अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, इन्ट्रा फाउण्डेन नेपालका संयोजक राम बानिया, नेपाली कांग्रेस पथरीशनिश्चरेका सभापति रुपनाराण भट्टराई, नगरपालिकाका शिक्षा समिति सदस्य भद्रमान विश्वकर्मा लगायतको उपस्थिति रहेको स्वास्थ्य शाखाका प्रमुख मुरारी प्रसाद आचार्यले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here