कोरियन भाषा परीक्षा (ई.पि.एस.) सम्बन्धि चेतनामुलक कार्यक्रम

0
50

उमनाथ भण्डारी,
कमल ।

वैदेशिक रोजगार विभाग ई.पि. एस. कोरिया शाखाको आयोजनामा कमल गाउँपालिकामा चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

कमल गाउँपालिकाका जनप्रतिनिधी र गाउँपालिका भित्र रहेका विध्यालयका सामाजिक विषयका शिक्षक,बैदेशिक रोजगारबाट फर्केका व्याक्ति र सामाजिक अगुवाका बिच कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कोरियन भाषा परीक्षा (ई.पि.एस. टपिक युविटी) को निष्पक्षता विश्वसनियता एवं पारदर्शिताका विषयमा वैदेशिक रोजगार विभाग ई.पि.एस. कोरीया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी गराउनु भएको थियो ।

कोरीया जान ईच्छुक युवा बाट विचौलियाले लाखौं रुपैया ठगी गर्ने गरेको गुनासो आएपछि विभागले यसरी स्थानिय पालिकामै आएर चेतनामुलक कार्यक्रम गरेको निर्देशक कटुवालले बताउनु भयो ।

गाउँका युवा बाट कोरीया पठाई दिन्छु भन्दै विचौलियाले मोटो रकम अशुल्ने गरेका छन् । कोरीया जना पैसाले हुने होईन कारीयाको नियम कानुन र आफ्नो भाग्यमा भरपर्ने भएकोले विचौलियाको भनाई नलाग्न समेत निर्देशक कटुवालले अनुरोध गर्नुभयो ।

कोरिया जानकालागी ई.पि.एस.पास गरिसकेपछि हवाई टिकट, मेडिकल, विभिन्न तालिम लगायत सम्पुर्ण खर्च बापत जम्मा १ लाख ५० हजार रुपैया मात्र लाग्दछ तर विचौलियाले १० औं लाख असुल्ले गरेको हुँदा त्यस्ता विचौलिया बाट सचेत हुन समेत विभागले अनुरोध गरेको छ ।

कोरीया पुगेका युवाले त्याहाँको कानुन नमान्ने , कम्पनी परिबर्तन गरिरहेने ,विभिन्न समुह बनाएने र हल्ला गर्ने गरेकोले ई.पि.एस पास गरेर लाईनमा बसेका व्याक्तिलाई असर पुग्ने भएकोले त्यसो नगर्न समेत निर्देशक कटुवालले अनुरोध गर्नुभयो ।

विदेश जानुअघी श्रमस्वकृत अनिवार्य हुन्छ । श्रमस्वकृत लिएर गएपछि विदेशमा अलपत्र भएममा खोजतालास तथा उद्धार हुनेछ भने । विरामी भएमा उपचार खर्च बापत ७ लाख प्राप्त हुनेछ त्यस्तै परिवारका सदस्य लाई कानुनमा उल्लेख भए बमोजिमका रोग (मुटु मृगौला,क्यान्सर) लागेमा उपचार खर्च बापत ५० हजार प्राप्त हुने समेत कार्यक्रमा जनाकारी गराईएको थियो ।

त्यस्तै विदेशमा वा स्वदेशमा मृत्यु भएमा ७ लाख तथा बालबालिकाको शिक्षामा कुनै पनि प्रकारको समस्या नहोस भनेर कक्षा १२ सम्म छाात्रवृती समेत प्राप्त हुनेछ । विदेश जानुअघी गर्नु पर्ने श्रमस्वकृत सम्पुर्ण काम अहिले आफ्नै पालिका बाट समेत हुने हुनाले धेरै सहज भएको छ ।

कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले यस्तो चेतनामुलक कार्यक्रम आफ्नो पालिकामा आयोजना गरेकामा विभागलाई धन्यवाद दिनुभयो । कोरीया जना लागेका व्याक्तिहरुका लागी यो कार्यमम अत्यन्तै प्रभावकारी हुने छ । कमल गाउँपालिका बाट केरीया जदैहुनुहुन्छ भने कोहिपनि विचौलियाको भनाईमा नलाग्न समेत गाउँपालिकाकी उपाध्यक्ष तिवारीले अनुरोध गर्नुभयो ।

वैदेशिक रोजगार विभाग ई.पि.एस. कोरीया शाखाका निर्देशक पुष्पराज कटुवालको अध्यक्षतामा भएको कार्यक्रमलाई विभागमा शाखा अधिकृत शोभाकर भण्डारीले सन्चालन गर्नु भएको थियो भने लेखापाल चन्द्रा डाँगीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै शाब्दिक शब्द द्वारा स्वगत मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here