सुनिता राई,
इलाम।
इलामको सूर्योदय नगरपालिका–६ कन्यामबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो बस्तुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा समलबुडका २१ वर्षीय प्रशिस खड्का र कन्यामका २४ वर्षीय समीर तामाङरहेको इलाम प्रहरीले जनाएको छ ।
मेची राजमार्गमा यात्रु चेकजाँचका क्रममा २१ च ७९७१ मा कार चालकलाई शंकास्पद वस्तुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुसँगै प्रहरीले नतिजा मापनका लागि प्रतिबन्धित अन्य तीन थान पोका गिलो र तीन थान भातसहित साना–साना पोका बरामद गरेको छ ।
प्रहरी चौकी फिक्कल्मा र उनीहलाई कारले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलीप घिमिरेले जानकारी दिए ।