पाकिस्तानमा अल्पसंख्यकहरुमाथि चरम दमन, संस्कृति मनाउनसमेत रोक

0
30

लाहोर ।

पाकिस्तानमा अल्पसंख्यकहरुमाथि चरम दमन हुने गरेको छ। लाहोर हाई कोर्ट बार एसोसिएशन (एलएचसीबीए) ले पञ्जाब गृह विभागलाई अहमदी समुदायका सदस्यहरू विरुद्धको कानूनलाई कडाईका साथ लागू गर्न आग्रह गरेको हो।

एलएचसीबीएले उनीहरूलाई ‘नमाज र कुर्बानी’ लगायत ईदुल अजहामा इस्लामिक अनुष्ठानहरुमा रोक लगाउने काम गरेको छ।

जुन २२, २०२३ मितिमा सार्वजनिक एउटा पत्रमा पञ्जाब गृह सचिवलाई सम्बोधन गर्दै एलएचसीबीएका अध्यक्ष इश्तियाक ए खानले ‘ईदको नमाज र कुर्बानी’ पाउनु भनेको शायर-ए-इस्लाम (इस्लामी संस्कार) विशेष रूपमा मुस्लिमहरुको संस्कृति भएकोले अहमदीहरुलाई यो संस्कार मनाउन रोक लगाउन आग्रह गरिएको थियो।

संविधानको धारा २६०(३) ले ‘काद्यानी समूह’, ‘लाहोर समूह’लाई सन् १९७४ देखि गैर-मुस्लिम घोषणा गरेको उल्लेख छ। पत्र लेख्नुको कारणबारे सोध्दा खानले बारका केही सदस्यहरूको अनुरोधमा लेखिएको बताए। यसअघि पनि गृह विभागलाई यस्तै पत्र जारी गरिएको उनले बताएका थिए।

पाकिस्तानी सञ्‍चारमाध्यम डनले सम्पर्क गरेका अन्य बारका पदाधिकारीले पत्रबारे अनभिज्ञता व्यक्त गरेका छन्। अध्यक्षले व्यक्तिगत हैसियतमा लेखेकाले पत्रले सम्पूर्ण बारको प्रतिनिधित्व नगरेको एक पदाधिकारीले बताएका छन्।

सरकारलाई यस्तो विवादास्पद पत्र लेख्नका लागि अध्यक्षले बारको मञ्च प्रयोग गर्न नहुने उनको तर्क छ। यद्पि यस पत्रले पाकिस्तानमा अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारले ठूलो असर गरेको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here